झगनखबर
फागुन २७ । सिद्धिचरण नगरपालिका वडा नं
२ स्थित सार्की गाउँका ओम कुमार सार्की श्रीमतिको हत्यारोपमा पक्राउ परेका छन् ।
घरायसी झगडामा कुटपिट गर्दा श्रीमति ३४ वर्षिय कमला सार्कीको घट्नास्थलमै मृत्यु
भएको हो । शनिबार अन्दाजी ४ बजेको समयमा कुटपिट गरी हत्या गरेको आरोप छ । दैनिक
मादकपदार्थ सेव गर्ने सार्कीको घरझगडा भइरहने गरेको स्थानियबासीको भनाई छ ।
कुटपिटबाट मृत्यु भएको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी
चौकी निशंखे र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिई गएको टोलीले आवश्यक कानूनी
प्रकृया पुरा गरी लासलाई पोष्टमार्टमका लागि पठाइएको र आरोपित श्रीमान ओम कुमार
सार्कीलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
आरोपित सार्कीको जेठी श्रीमतिको पनि
तीन वर्ष अगाडी उपचारको क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएको थियो । जेठी
श्रीमति सँग पनि दैनिक जसो झगडा गरिरहने गरेको स्थानियबासीले बताएका छन् । जेठी
श्रीमतिको मृत्यु भएको एक वर्ष नबित्दै कान्छी श्रीमति कमला सार्कीलाई भित्र्याएका
थिए । अर्काकी श्रीमति कमलाले दुइवटा बच्चा समेत लिएर आएकी थिइन् । यता आएपछि एउटा
बच्चा भएको र जेठी श्रीमतिका पनि बच्चा भएको बताएका छन् । एकलासको घर भएकाले
घरझगडाको विषयमा तत्काल थाहा नहुने गरेको वडा अध्यक्ष बसन्त कटवालले बताउनु भयो ।
घट्ना के कारणले भएको हो अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।