असार २५ ओखलढुंगा जिल्लाबाट २०८० सालको एसईई
परिक्षामा सामुदायिक विद्यालय बाट २ हजार ३ सय ५५ जना
विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १ हजार १ सय ८५ जना विद्यार्थी उतिर्ण भएका
छन् भने १ हजार १ सय ७० जना विद्यार्थी नन्ग्रेडीङ अर्थात फेल भएका छन् । संस्थागत
विद्यालयबाट ९६ जना विद्यार्थी सहभागी भएका मध्ये ८८
जना उतिर्ण भएका छन् । सगरमाथा जनता माध्यमिक विद्यालयबाट खुल्ला १२ जना सहभागी
भएकोमा १० जना पास भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका अनुसार
जिल्ला भरीका सामुदायिक विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुको उतिर्ण प्रतिशत ५०.४८
रहेको छ ।
संस्थागत विद्यालयबाट सहभागी भएका
विद्यार्थीहरुको उतिर्ण प्रतिशत ९१.६७ रहेको छ । जिल्लाभरीका तीनवटा सामुदायिक
विद्यालयहरुले भने सतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएका छन् भने दुईवटा
सामुदायिक विद्यालयले शुन्य नतिजा प्राप्त गरेका छन् । सतप्रतिशत नतिजा हात पार्न
सफल विद्यालयहरु,जलजलेश्वर गुरुकुल वेद विद्याश्रम माध्यमिक
विद्यालय मोलुङ–४, पन्चकन्या माध्यमिक विद्यालय सुनकोशी–३, आरुभञ्ज्याङ
माध्यमिक विद्यालय सुनकोशी–२ रहेका छन् । जुन
सदरमुकाम देखि टाढा बिकट ठाउँमा सन्चालन भएका विद्यालयहरु हुन् । कुण्डली माध्यमिक
विद्यालय कातिसंजोर खिजीफलाटे–४ ले शुन्य नतिजा प्राप्त
गरेको छ भने नारायणस्थान माध्यमिक विद्यालय सिद्धिचरण–३ ले पनि शुन्य नतिजा प्राप्त गरेको छ । संस्थागत विद्यालयहरुमा
लालीगुँरास इङ्लीस बोडिङ स्कुल सिद्धिचरण–१२ ले
सतप्रतिशत नतिजा प्राप्त गरेको छ ।
यो तथ्याँकलाई हेर्दा जिल्लामा सञ्चालित सामुदायिक
विद्यालयको अध्ययन, अध्यापनको
अवस्था कमजोर रहेको देखिन्छ ।
सामुदायिक विद्यालयको एसईई परिक्षामा कमजोर नतिजा
आउनुमा जाल्पा माध्यमिक विद्यालय सिद्धिचरण नगरपालिका ११ गैरीगाउँका प्रधानाध्यापक रत्न बहादुर खत्रीको विश्लेषण :
एक्कासी नन्ग्रेड प्रणाली लागु गरिनुले धेरै
विद्यार्थी फेल भएका हुन्
नेपाल सरकारले बेलबेलामा अपनाउने नीतिका कारणले यो
वर्ष धेरै विद्यार्थी अनुतिर्ण भएका हुन् ।
नेपाल सरकारले एक्कासी नन्ग्रेड प्रणाली लागु
गरिनुले धेरै विद्यार्थीहरु एसईईमा अनुतिर्ण भएका छन् । लेटर ग्रेडिङ सिस्टममा
अभ्यस्त भएका विद्यार्थीहरु एक्कासी सबै विषयमा ३५ प्रतिशत नम्बर अनिवार्य
गरिएकाले विद्यार्थीहरु अनुतिर्ण भएका हुन् । ग्रेडिङ सिस्टममा विद्यार्थीलाई
अध्ययन गर्न मन परेको विषयमा मात्र पास मार्क ल्याए हुने व्यवस्था थियो । त्यहि
आधारमा विद्यार्थीहरुले सबै विषयमा कम अध्ययन गरी आफुलाई मन पर्ने विषयको मात्र
अध्ययन गर्ने बानी बसेको थियो । ग्रेडिङ सिस्टममा कोहि पनि विद्यार्थीहरु अनुतिर्ण
नहुने र पास भएको विषय लिएर कक्षा ११ अध्ययन गर्न सबै विद्यार्थीले पाउने व्यवस्था
भएकाले सबै विषयमा कम अध्ययन गर्ने बानीको विकास भएको थियो । यो वर्षको एसईई
परिक्षामा सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनु
पर्ने र एउटा विषयमा पनि ३५ प्रतिशत भन्दा कम अंक ल्याएमा अनुतिर्ण हुने सिस्टम
आएकाले धेरै जसो विद्यार्थीहरु अनुतिर्ण भएका हुन् । गत वर्षमा कुनै विषयमा कम
जीपिए ल्याए पनि कक्षा ११ मा अध्ययन गर्न पाउने अवस्था थियो । एसईईमा कुनै विषयमा
कम जीपिए ल्याएका विद्यार्थीहरुले पनि कक्षा ११ मा भर्ना भई अध्ययन गरिरहेका थिए ।
त्यहि आधारमा विद्यार्थीहरुले पनि आफुलाई मन पर्ने विषयमा मात्र बढी ध्यान दिएर
अध्ययन गरिनु र सबै विषयमा उत्तिकै ध्यान नदिएका कारण विद्यार्थीहरु धेरै अनुतिर्ण
भएका हुन् ।
विद्यार्थीलाई आफ्नो रुची र रोजाईमा नपरेको
विषयप्रति कम ध्यान दिने र अघिल्लो वर्षहरुमा कुनै विषयमा कम जीपिए ल्याएकाले पनि
कक्षा ११ मा भर्ना हुन पाउने अवसर हुँदाहुदै विद्यार्थीहरु त्यसैमा अभ्यस्त थिए ।
त्यसको प्रभावले पनि विद्यार्थी कम उतिर्ण भएका हुन् । सामुदायिक विद्यालयमा
अध्ययन गर्ने विद्यार्थीहरुले पहिला देखि नै म्याथ, साइन्स र अंग्रेजी विषयलाई गा¥हो विषयका रुपमा लिने गरेका छन् । कटिलो विषयमा ५ ग्रेसमार्क दिने
प्रचलन थियो । अहिले ग्रेसमार्कको ब्यवस्था पनि हटाउनु, पासमार्क ३२ बाट ३५ पु¥याउनुले विद्यार्थीहरुलाई पासमार्क ल्याउन कठिन भएको हो ।
ग्रामिण भेगमा सन्चालन भएका सामुदायिक
विद्यालयहरुका विविध समस्याका कारणले पनि विद्यार्थीहरुलाई उत्कृष्ट मार्कस ल्याउन
कठिन हुने गरेको छ ।
ग्रामिण भेगका विद्यार्थीहरु र विद्यालयलाई पनि
निम्न समस्या रहेका छन् ।
१. राज्यले दरबन्दी अनुसारको शिक्षकको व्यवस्था
गर्न नसक्नु ।
२. विषय अनुसारका शिक्षकको अभाव हुनु ।
३. म्याद, साइन्स र इङलीसको विषयगत शिक्षकको अभाव हुनु ।
४. प्राथमिक तहका शिक्षकले माध्यमिक तहसम्म
अध्यापन गराउनुपर्ने बाध्यता हुनु ।
५. पछिल्लो विकसित प्रविधीले गर्दा विद्यार्थीले
मोबाईलमा बढी ध्यान दिनु । विभिन्न सामाजिक सन्जाल र मोबाइलमा प्रयोग गर्न सकिने
गेमहरुले गर्दा पनि विद्यार्थीहरुले पढाईमा कम ध्यान दिनु ।
६. विद्यालय टाढा हुनेहुँदा विद्यार्थीलाई लामो
समय सम्म हिड्नुपर्ने बाध्यता हुनु । जसले विद्यार्थीले विहान वेलुकाको समयमा
अध्ययन गर्न नपाउनु ।
७. गाउँमा प्राय सबै कृषी पेशामा आबद्ध हुनु र
विद्यार्थीहरुले पनि विहान बेलुका घरको काम अनिवार्य गर्नुपर्ने बाध्यता हुनु ।
८. अतिरिक्त कक्षा सन्चालनमा विद्यार्थीहरु सहभागी
हुन नसक्नु ।
९. विद्यार्थीलाई घरमा अध्ययन गर्ने वातावरण नहुनु
।
१०. राज्यले विद्यार्थी र शिक्षकमैत्री नीति बनाउन
नसक्नु ।
११. ३२ प्रतिशत ल्याउनुपर्ने ब्यवस्था हुँदाहुँदै एक्कासी ३५ प्रतिशत
ल्याउनु पर्ने व्यवस्थाको शुरुवात हुनु ।
राम्रो नतिजा प्राप्त गर्नको लागि सुधार
गर्नुपर्ने पक्ष :
१. सबै सामुदायिक विद्यालयमा दरबन्दी अनुसारको
विषय शिक्षकको ब्यवस्था गरिनुपर्दछ ।
२. शिक्षक जुन तहको लागि नियुक्ती गरिएको हो सो
तहमा मात्रै अध्यापन गराउने व्यवस्था हुनुपर्दछ ।
३. प्राथमिक तहका शिक्षकले माध्यमिक तह अध्यापन
गराउनुपर्ने बाध्यता हटाउनु पर्दछ ।
४. सरकारले परिवर्तन गर्ने नीति, एक शैक्षिक सत्र अगाडी नै परिवर्तन गर्नुपर्ने ।
वा नीति आगामी वर्षबाट मात्रै लागु गरिनुपर्ने । जसले गर्दा शिक्षकले अध्यापन
गराउन र विद्यार्थीलाई अध्ययन गर्न सजिलो हुन्छ ।
५. विद्यार्थी नियमित विद्यालयमा उपस्थित हुने व्यवस्था ।
६. विद्यार्थीलाई गृहकार्य गर्ने उपयुक्त समयको
उपलब्धता हुनुपर्ने ।
७. विद्यार्थीलाई विद्यालय आइपुग्न बढीमा आधा
घण्टाको पैदलयात्रा हुनुपर्ने ।
यि समस्याहरुको समाधान गर्न सके विद्यार्थीहरुलाई
उत्कृष्ट जीपिए सहित उतिर्ण गर्न गराउन सकिन्छ ।