सामुदायिक विद्यालयमा एसईईमा कम नतिजा आउनुको कारण : प्र.अ. खत्रीको विश्लेषण

असार २५  ओखलढुंगा जिल्लाबाट २०८० सालको एसईई परिक्षामा सामुदायिक विद्यालय बाट २ हजार ३ सय ५५  जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये १ हजार १ सय ८५ जना विद्यार्थी उतिर्ण भएका छन् भने १ हजार १ सय ७० जना विद्यार्थी नन्ग्रेडीङ अर्थात फेल भएका छन् । संस्थागत विद्यालयबाट ९६  जना विद्यार्थी सहभागी भएका मध्ये ८८ जना उतिर्ण भएका छन् । सगरमाथा जनता माध्यमिक विद्यालयबाट खुल्ला १२ जना सहभागी भएकोमा १० जना पास भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका अनुसार जिल्ला भरीका सामुदायिक विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुको उतिर्ण प्रतिशत ५०.४८ रहेको छ ।

 संस्थागत विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुको उतिर्ण प्रतिशत ९१.६७ रहेको छ । जिल्लाभरीका तीनवटा सामुदायिक विद्यालयहरुले भने सतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएका छन् भने दुईवटा सामुदायिक विद्यालयले शुन्य नतिजा प्राप्त गरेका छन् । सतप्रतिशत नतिजा हात पार्न सफल विद्यालयहरु,जलजलेश्वर गुरुकुल वेद विद्याश्रम माध्यमिक विद्यालय मोलुङपन्चकन्या माध्यमिक विद्यालय सुनकोशीआरुभञ्ज्याङ माध्यमिक विद्यालय सुनकोशी२ रहेका छन् । जुन सदरमुकाम देखि टाढा बिकट ठाउँमा सन्चालन भएका विद्यालयहरु हुन् । कुण्डली माध्यमिक विद्यालय कातिसंजोर खिजीफलाटे४ ले शुन्य नतिजा प्राप्त गरेको छ भने नारायणस्थान माध्यमिक विद्यालय सिद्धिचरण३ ले पनि शुन्य नतिजा प्राप्त गरेको छ । संस्थागत विद्यालयहरुमा लालीगुँरास इङ्लीस बोडिङ स्कुल सिद्धिचरण१२ ले सतप्रतिशत नतिजा प्राप्त गरेको छ ।

यो तथ्याँकलाई हेर्दा जिल्लामा सञ्चालित सामुदायिक विद्यालयको अध्ययनअध्यापनको अवस्था कमजोर रहेको देखिन्छ ।

सामुदायिक विद्यालयको एसईई परिक्षामा कमजोर नतिजा आउनुमा जाल्पा माध्यमिक विद्यालय सिद्धिचरण नगरपालिका ११ गैरीगाउँका  प्रधानाध्यापक  रत्न बहादुर खत्रीको विश्लेषण :

एक्कासी नन्ग्रेड प्रणाली लागु गरिनुले धेरै विद्यार्थी फेल भएका हुन् 

नेपाल सरकारले बेलबेलामा अपनाउने नीतिका कारणले यो वर्ष धेरै विद्यार्थी अनुतिर्ण भएका हुन् ।

 नेपाल सरकारले एक्कासी नन्ग्रेड प्रणाली लागु गरिनुले धेरै विद्यार्थीहरु एसईईमा अनुतिर्ण भएका छन् । लेटर ग्रेडिङ सिस्टममा अभ्यस्त भएका विद्यार्थीहरु एक्कासी सबै विषयमा ३५ प्रतिशत नम्बर अनिवार्य गरिएकाले विद्यार्थीहरु अनुतिर्ण भएका हुन् । ग्रेडिङ सिस्टममा विद्यार्थीलाई अध्ययन गर्न मन परेको विषयमा मात्र पास मार्क ल्याए हुने व्यवस्था थियो । त्यहि आधारमा विद्यार्थीहरुले सबै विषयमा कम अध्ययन गरी आफुलाई मन पर्ने विषयको मात्र अध्ययन गर्ने बानी बसेको थियो । ग्रेडिङ सिस्टममा कोहि पनि विद्यार्थीहरु अनुतिर्ण नहुने र पास भएको विषय लिएर कक्षा ११ अध्ययन गर्न सबै विद्यार्थीले पाउने व्यवस्था भएकाले सबै विषयमा कम अध्ययन गर्ने बानीको विकास भएको थियो । यो वर्षको एसईई परिक्षामा सबै विषयमा  ३५ प्रतिशत अनिवार्य ल्याउनु पर्ने र एउटा विषयमा पनि ३५ प्रतिशत भन्दा कम अंक ल्याएमा अनुतिर्ण हुने सिस्टम आएकाले धेरै जसो विद्यार्थीहरु अनुतिर्ण भएका हुन् । गत वर्षमा कुनै विषयमा कम जीपिए ल्याए पनि कक्षा ११ मा अध्ययन गर्न पाउने अवस्था थियो । एसईईमा कुनै विषयमा कम जीपिए ल्याएका विद्यार्थीहरुले पनि कक्षा ११ मा भर्ना भई अध्ययन गरिरहेका थिए । त्यहि आधारमा विद्यार्थीहरुले पनि आफुलाई मन पर्ने विषयमा मात्र बढी ध्यान दिएर अध्ययन गरिनु र सबै विषयमा उत्तिकै ध्यान नदिएका कारण विद्यार्थीहरु धेरै अनुतिर्ण भएका हुन् ।

 विद्यार्थीलाई आफ्नो रुची र रोजाईमा नपरेको विषयप्रति कम ध्यान दिने र अघिल्लो वर्षहरुमा कुनै विषयमा कम जीपिए ल्याएकाले पनि कक्षा ११ मा भर्ना हुन पाउने अवसर हुँदाहुदै विद्यार्थीहरु त्यसैमा अभ्यस्त थिए । त्यसको प्रभावले पनि विद्यार्थी कम उतिर्ण भएका हुन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले पहिला देखि नै म्याथसाइन्स र अंग्रेजी विषयलाई गा¥हो विषयका रुपमा लिने गरेका छन् । कटिलो विषयमा ५ ग्रेसमार्क दिने प्रचलन थियो । अहिले ग्रेसमार्कको ब्यवस्था पनि हटाउनुपासमार्क ३२ बाट ३५ पु¥याउनुले विद्यार्थीहरुलाई पासमार्क ल्याउन कठिन भएको हो ।

ग्रामिण भेगमा सन्चालन भएका सामुदायिक विद्यालयहरुका विविध समस्याका कारणले पनि विद्यार्थीहरुलाई उत्कृष्ट मार्कस ल्याउन कठिन हुने गरेको छ ।

ग्रामिण भेगका विद्यार्थीहरु र विद्यालयलाई पनि निम्न समस्या रहेका छन् ।

१. राज्यले दरबन्दी अनुसारको शिक्षकको व्यवस्था गर्न नसक्नु ।

२. विषय अनुसारका शिक्षकको अभाव हुनु ।

३. म्यादसाइन्स र इङलीसको विषयगत शिक्षकको अभाव हुनु ।

४. प्राथमिक तहका शिक्षकले माध्यमिक तहसम्म अध्यापन गराउनुपर्ने बाध्यता हुनु ।

५. पछिल्लो विकसित प्रविधीले गर्दा विद्यार्थीले मोबाईलमा बढी ध्यान दिनु । विभिन्न सामाजिक सन्जाल र मोबाइलमा प्रयोग गर्न सकिने गेमहरुले गर्दा पनि विद्यार्थीहरुले पढाईमा कम ध्यान दिनु ।

६. विद्यालय टाढा हुनेहुँदा विद्यार्थीलाई लामो समय सम्म हिड्नुपर्ने बाध्यता हुनु । जसले विद्यार्थीले विहान वेलुकाको समयमा अध्ययन गर्न नपाउनु ।

७. गाउँमा प्राय सबै कृषी पेशामा आबद्ध हुनु र विद्यार्थीहरुले पनि विहान बेलुका घरको काम अनिवार्य गर्नुपर्ने बाध्यता हुनु ।

८. अतिरिक्त कक्षा सन्चालनमा विद्यार्थीहरु सहभागी हुन नसक्नु ।

९. विद्यार्थीलाई घरमा अध्ययन गर्ने वातावरण नहुनु ।

१०. राज्यले विद्यार्थी र शिक्षकमैत्री नीति बनाउन नसक्नु ।

 ११. ३२ प्रतिशत ल्याउनुपर्ने ब्यवस्था हुँदाहुँदै एक्कासी ३५ प्रतिशत ल्याउनु पर्ने व्यवस्थाको शुरुवात हुनु ।

 राम्रो नतिजा प्राप्त गर्नको लागि सुधार गर्नुपर्ने पक्ष :

१. सबै सामुदायिक विद्यालयमा दरबन्दी अनुसारको विषय शिक्षकको ब्यवस्था गरिनुपर्दछ ।

२. शिक्षक जुन तहको लागि नियुक्ती गरिएको हो सो तहमा मात्रै अध्यापन गराउने व्यवस्था हुनुपर्दछ ।

३. प्राथमिक तहका शिक्षकले माध्यमिक तह अध्यापन गराउनुपर्ने बाध्यता हटाउनु पर्दछ ।

४. सरकारले परिवर्तन गर्ने नीतिएक शैक्षिक सत्र अगाडी नै परिवर्तन गर्नुपर्ने । वा नीति आगामी वर्षबाट मात्रै लागु गरिनुपर्ने ।  जसले गर्दा शिक्षकले अध्यापन गराउन र विद्यार्थीलाई अध्ययन गर्न सजिलो हुन्छ ।

५. विद्यार्थी नियमित विद्यालयमा  उपस्थित हुने व्यवस्था ।

६. विद्यार्थीलाई गृहकार्य गर्ने उपयुक्त समयको उपलब्धता हुनुपर्ने ।

७. विद्यार्थीलाई विद्यालय आइपुग्न बढीमा आधा घण्टाको पैदलयात्रा हुनुपर्ने ।

यि समस्याहरुको समाधान गर्न सके विद्यार्थीहरुलाई उत्कृष्ट जीपिए सहित उतिर्ण गर्न गराउन सकिन्छ ।

 

प्रतिक्रिया