जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु अझै हिरासतमै रहने भएका छन् । शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जना रहेका छन् । प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जनाएको छ ।
संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध
लगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले
अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा केशव दुलाल, सानु भण्डारी लगायतका
केहि व्यक्तिहरुलाई चैत १२ गते पक्राउ गरेको थियो । संगठित अपराध मुद्दामा
प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी
व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन
पुग्ने बताएका छन् ।
जिल्ला प्रहरी परिसर
काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर यथासिघ्र प्रतिवेदन
सरकारी वकिल कार्यालयमा बुझाउने जानकारी दिनुभएको छ ।