२०८१ साल बैशाख महिनाको मासिक राशिफल

झगनखबर.कम

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो,

बैशाख महिमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । श्रम र इमानदारिताको उचित मूल्याङ्कन हुनेछ । सामाजिक र राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ आफन्तहरू सँग भेटघाट, रमणीय र सुखद् यात्राको योग पनि रहेको छ । यो महिनाको लागि शुभ अङ्क ३,१० र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष, , , , वा, वि, वु, वे, वो

महिनाको सुरुका दिन त्यति राम्रो देखिँदैन, कार्यमा बाधा आउनसक्छ । व्यर्थको सास्ती खेप्नु पर्ला । सपना पनि नराम्रो देखिन सक्छ । मध्य महिनाबाट भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । साथी भाइको भेटघाटले मन प्रसन्न रहने र मन मिल्ने साथीको सहयोग पाइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

मिथुन का, कि, कु, , , , के, को, हा

लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । पढाई लेखाइमा उल्लेख्य सुधार आउनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विशेषगरि विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । मुद्दामामिलामा पनि विजयी भइनेछ । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो महिनामा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । भ्रमण र तीर्थाटनको योग पनि रहेको छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा पहेँले हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो महिना उत्साहवर्द्धक नै रहनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आफन्तहरू सँग भेटघाट हुनेछ । स्थानान्तरण र देश विदेशको भ्रमण हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतलाई प्रशंसा गर्नेछन् । कृषि तथा तर अनावश्यक धन र परिश्रम पनि खर्च हुने र स्वास्थ्य बिग्रनसक्छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कन्या  टो, पा, पि, पु, , , , पे, पो

यो महिनामा तपाईंको लागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ र विगतका समस्या बल्झिन सक्छन् । सवारीसाधनको प्रयोग गर्दा सावधानी अपनाउनु पर्नेछ । प्रेमी / प्रेमिकाका बिच मतभेद पनि बढ्ला । मध्य महिनाबाट भने समय उत्साहवर्द्धक रहनेछ । वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुन सक्छ । नयाँ वस्त्र, अलंकार तथा धन सम्पत्ति समेत हात पर्ने योग रहन्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग खैरो वा सेतो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

तुला  रा, रि, रु, रे, रो, ता, ति, तु, ते

बैशाख महिनामा नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतलाई प्रशंसा गर्नेछन् र भेटघाटले मन प्रसन्न हुनेछ । स्थानान्तरण र लामो यात्राको सम्भावना छ । रोकिएको ठाउँबाट आकस्मिक धन लाभ हुनेछ । महिनाको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । सेयर बजारमा केही उतारचढाव हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महा लक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

वृश्चिक  तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो महिनामा जोशजाँगर र हिम्मत बढ्नेछ । चलाखीपूर्ण बोली र कामले कार्यहरू सफल हुनेछन् । शुभ र मङ्गल कार्यको योग पनि छ । वाहन लाभ हुने समय आएको छ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । मध्य महिनामा भने प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । अनावश्यक आरोप लाग्ने र धनमाल हराउने योग भएकाले सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु  ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो बैशाख महिनामा विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । आफ्नो पेशामा बढुवा तथा सरुवाको योग पनि रहेको छ । महिनाको अन्त्यमा अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्छ, बोल्दा विचार पुर्याउनु पर्छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर  भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि

बैशाख महिनामा मान र सम्मानमा आघात पर्न सक्छ । स्वस्थ प्रतिकूल सक्छ । शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । महिनाको उत्तरार्धमा भने रमाइलो यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजार र वैदेशिक कार्यमा विशेष सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हल्का पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ ।

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो महिनामा इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । गरेको कार्यमा सफलता पाइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ । शुभ, मङ्गल र नयाँ कार्यको योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो कुलदेवताको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन  दि, दु, , , , दे, दो, चा, चि

बैशाख महिनामा पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य महिनाबाट पारिवारिक स्वास्थ्यमा समस्या आई औषध उपचारमा खर्च बढ्नेछ, अत: ऋण र रोगको भय हुनेछ । तपाईँका प्रतिद्वन्दी पनि बढ्न सक्छन् । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।


राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना

झगनखबर परिवार  





प्रतिक्रिया