माघ २ । आफ्नो जन्मदिनको अवसर पारेर चम्पादेवी ४ का धन बहादुर गिरीले विद्यार्थीलाई स्टेशनरी वितरण गर्नु भएको छ । जन्मदिनको अवसरमा चम्पादेवी गाउँपालिका २ पलापुको नवलपुर माध्यमिक विदालयका छात्र छात्राहरुलाई स्टेशनरी वितरण गर्नुभएको हो । विद्यार्थीहरुलाई कापी पेन्सील वितरण गरिएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएका छन् । विद्यालयका बिपन्न विद्यार्थीहरुलाई स्टेशनरी र विद्यालयलाई एउटा स्पिकरण वितरण गरिएको छ । माघ १ गते पर्ने जन्म दिनको अवसरमा गत वर्ष चम्पादेवी ४ का बृद्धबृद्धालाई न्यानो कपडा वितरण गर्नु भएको थियो । अरुबेलामा पनि बिरामीहरुलाई औषधी सहयोग र विभिन्न विद्यालयका विद्यार्थीहरुलाई खेलकुद सामग्री, खेल ड्रेस वितरण गर्दै आउनु भएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका गिरीले विभिन्न सामाजिक कार्यहरु गर्दै आउनु भएको छ ।