यो साता लुकेको प्रतिभाको सहज
विकास हुनेछ । सुखसुविधा भोग गर्न पाइनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ ।
सवारी साधनको खरिद बिक्री हुने योग छ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट
सफलता प्राप्तिको योग छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । यो साताका लागि शुभ
अङ्क ४,५ र शुभ
रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गर्नाले
अधिक सफलता हात पर्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता
लाग्नेछन् । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । मनमा ठूलो उत्साह र
उमङ्गको सिर्जना हुनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । साताको उत्तरार्धबाट
सामान हराउने योग छ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ । यो साताका लागि शुभ अङ्क
२,८ र शुभ रङ्ग आकाशे
वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल
प्राप्त हुनेछ ।
यो हप्ता पुनर्मिलनको योग रहेको
छ । रमणीय र सुखद् यात्राको योग छ । सुखसुविधा भोग गर्न पाइनेछ । प्रेम जीवन सबल र
सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र
आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो
हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो
हुनेछ ।
यो साताको सुरुका दिनमा कार्य
सम्पादनमा समस्या आउला । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने
आकस्मिक यात्राको अवसर आउन सक्छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको
सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गर्नाले
अधिक सफलता हात पर्नेछ ।
यो सातमा रोकिएको काम दोहोर्याएर प्रयत्न
गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । प्रणयप्रसङ्गका लागि पनि
श्रेष्ठ समय रहेको छ। साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ ।
अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो
वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गर्नाले सफलता हात
पर्नेछ ।
कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
यो साता महिला वा मित्रबाट
विशेष सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ ।
विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ
। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को
मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी वा घिउ
रङ्ग हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि यात्रा गर्दा सफलता प्राप्त
हुनेछ ।
यो साता ससाना यात्राबाट राम्रो
फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । प्रतिष्ठा र पदोन्नतिको
सम्भावना छ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । पुराना साथीभाइसित भेटघाट
हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो
साताका लागि शुभ अङ्क ३,४ र शुभ
रङ्ग सिन्दुरे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य
गर्दा राम्रो हुनेछ ।
यो साता पारिवारिक र
नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र
विवाद हुनेछ । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । नोकरी र व्यवसायिक जीवनमा
सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । यो
साताका लागि शुभ अङ्क ३,६ र शुभ
रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।
यो साता दाजुभाइ र
दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक
ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको ध्यान गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो साता चिताएको कामले तीव्रता लिनेछ ।
विश्वास गरेकाले साथ दिनेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । धार्मिक कार्य सफल
रहनेछन् । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा
हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला । यो
साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि
हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।
यो साता पुनर्मिलनको योग रहेको छ ।
प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैदेशिक कार्य राम्रो हुनेछ । धनार्जनका नयाँ
स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शत्रुमाथि
विजय मिल्ने समय छ । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी
वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ
गर्दा अधिक राम्रो हुनेछ ।
यो साता कल्पना र भावुकतामा मन रुमल्लिने
सम्भावना छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । प्रेममा बाधा
आउन सक्छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । सोमबारबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ
। प्रेम प्रस्ताव पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो
हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक
शुभ फल मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।