ओखलढुंगामा करेन्ट लागेर सोलुखुम्बुका राईको घट्नास्थलमै मृत्यु


राजकुमार कार्की

साउन ४ । ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं १ कुइभिरमा करेन्ट लागेर  घट्नास्थलमै मृत्यु भएको छ । साउन ३ गते बेलुका करिब १० बजेको समयमा सोलु जिल्लाका चन्द्र राईको मृत्यु भएको हो । अबिरल वर्षा सँगै चलेको बिजुली र गड्याङगुडुङका कारण घरमा भएको बिजुलीको एमसीबी झार्नेक्रममा राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

सोलुखुम्बु जिल्लाको नेचासल्याण गाउँपालिका वडा नं ४ बस्ने अन्दाजी वर्ष ३० को चन्द्र राई खोटाङ दिक्तेल हिड्नु भएको थियो । चिशंखुगढी १ कुइभिरमा रहेको फुपु चन्द्र माया राईको घरमा बास बस्न पुग्नुभएको थियो । बास बसेको समयमा मेघगर्जन सहित ठुलो पानी पर्नुका साथै बिजुली चम्कीने गरेकाले घरमा भएको एमसीबी झार्दा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको छ । राईको मृत्यु पश्चात प्रहरी चौकी खानीभञ्ज्याङबाट प्रहरीको टोली गई घट्नास्थल सुरक्षीत गरिएको थियो । आवश्यक कानूनी प्रकृया र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली घट्नास्थल तर्फ गएको प्रहरीले जानकारी दिएको छ  ।

प्रतिक्रिया