झगनखबर
पुस ४ । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै पुरा गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सम्बन्धित मन्त्रालयहरुलाई राज्यब्यवस्था समितिले निर्देशन दिएको छ । बुधबार बसेको राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकले निर्देशन दिएको हो । बैठकले तराई, मधेश द्रूतमार्ग समयमै सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिने र प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, वन तथा वातावरण मन्त्री, भैतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमीब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरु सहितको बैठक बोलाई तत्काल यस विषयमा छलफल गर्ने ।
त्यसै गरी नेपाली सेनाले अनुरोध गरेबमोजिम द्रूतमार्ग निर्माण गर्नको लागि आवश्यक प्रविधी र सहयोगहरु समयमै उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसै गरी नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तुसारपानी, कोठेधार, टिंकर सडक खण्डको राष्ट्रिय महत्वलाई ध्यानमा राख्दै, उक्त सडक यथाशिघ्र निर्माण सम्पन्न गर्न आवश्यक बजेट निकासा गर्न अर्थमन्त्रालयलाई पनि निर्देशन दिईएको छ भने नेपाली सेनालाई सडक तदारुक्ताका साथ निर्माण गर्न निर्देशन दिएको सभापति खतिवडाका स्वकिय सचिव हुकुम राईले जानकारी दिनुभयो ।
सार्वजनिक खरिद ऐन नियमावली अनुसार कामकाज गर्न र दू्रतमार्गमा संलग्न ठेकेदारहरु सम्बन्धित विवादको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालय र रक्षा मन्त्रालय सँग जानकारी लिने लगायतका ९ वटा निर्णय गरिएको राज्यब्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

