आठ वर्षमा नेपालमा ४ म्याग्निट्युड माथिका ७७० भन्दा बढी भूकम्प

झगनखबर

कार्तिक २० । नेपालमा २०७२ सालको विनाशकारी भूकम्प गएयता चार म्याग्निट्युडभन्दा माथिका ७ सय ७० वटाभन्दा बढी भूकम्प गइसकेको सरकारी विवरणले देखाएको छ। भूकम्पमध्ये अधिकांश २०७२ सालको गोरखामा केन्द्रबिन्दु भएको भूकम्पका परकम्पहरु हुन् ।  पश्चिम नेपाल तथा सुदूर (पूर्वी क्षेत्रमा गएका कतिपय भुँइचालोहरू परकम्प नभएको उल्लेख गरिएको छ।

नेपाल भूकम्पको जोखिम क्षेत्रमा पर्ने र विशेषगरी पश्चिम नेपालमा विगत पाँच सय वर्षयता ठूलो भूकम्प नगएकाले त्यस क्षेत्रमा महाभूकम्पको सम्भावना कम नभएको विज्ञहरूको भनाई छ ।

दोलखा र सिन्धुपाल्चोकमा सबैभन्दा धेरै भूकम्प :

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरण अनुसार २०७२ सालयता दोलखामा सबैभन्दा धेरै चार म्याग्निट्युडमाथिका भुँइचालोहरू रेकर्ड गरिएका छन् । यी दुई  जिल्लामा हालसम्म १८५ वटा त्यस्ता भूकम्पको मापन भएको केन्द्रले जनाएको छ ।

दोलखापछि सिन्धुपाल्चोकमा सबैभन्दा धेरै भूकम्प गएका छन्। त्यहाँ हालसम्म चार म्याग्निट्युड माथिका कुल १६४ भुँइचालोहरू रेकर्ड गरिएका छन्।

त्यसबाहेक गोरखा भूकम्पका परकम्पहरू काठमाण्डू उपत्यकासहित धादिङ, नुवाकोट, रसुवा, काभ्रे, रामेछाप, मकवानपुर, कास्की, लमजुङलगायतका जिल्लाहरूमा पनि गएको केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारीले बताउनुभयो।

पश्चिम र पूर्वी नेपालमा गएका ठूलाखाले केही भूकम्पबाहेक अरु सबै २०७२ सालको भुँइचालोकै परकम्पहरू भएको बताएका छन् ।

बीबीसी बाट

 

 

प्रतिक्रिया