झगनखबर
कार्तिक २१ । पूर्व अरनिको यातायातले
ओखलढुंगा सदर मुकाम देखी काठमाण्डौ सम्मको यातायात सेवा सुरु गरेको छ । मंगलबार
सदर मुकाममा उद्घाटन गरी सेवा सुरु गरेको हो । तत्कालको लागी ओखलढुंगा सदरमुकाम
भएर जाने रुम्जाटार, चिसंखुगढी र मोलुङ गाउँपालिकाको
श्रीचौर सम्म गाडी लगिने समितिले जनाएका छन् । तिहार पछाडी देखी तराईका विभिन्न
जिल्लामा पनि गाडीको सुविधा दिइने बताएका छन् ।
मंगलबार सिद्धिचरण नगरपालिकाका मेयर
तेजेन्द्र खनालले रिबन काटेर उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा
बोल्दै मेयर खनालले यात्रुलाई दिइने सेवासुविधामा कुनै कमी नगर्न सुझाव दिनुभयो ।
साथै विद्यार्थी, बृद्धबृद्धा र अपाङ्ग भएका
ब्यक्तिहरुलाई उहाँहरुले पाउने सुविधा पनि
बिना हिचकिचाहट दिन सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै पुर्व अरनीको
यातायात प्रालीका केन्द्रीय अध्यक्ष केदार क्षत्री ले यात्रुले पाउने सेवासुविधामा
कुनै कमी नगरी सकेसम्म थप सुविधा पनि दिइने बताउनुभयो । गाडीको समस्या समयमा र
नियमित सन्चालन गर्न नसक्नु मुख्य समस्या भएकाले यसमा आफुहरु सचेत भई फाइदा घाटाको
हिसाब नगरी सन्चालन गर्ने प्रतिबद्धता समेत गर्नुभयो । गाडी दूर्घटनाका कारण सयौ
यात्रुहरुले पाउनु पर्ने सुविधा नपाउने गरेको र विभिन्न बाहाना बनाई समितिले मृतक
वा घाइतेलाई सुविधा दिन आनकानी गरेको सुनिने गरेको तर अरनिको समिति त्यस्ते नभएको
बताउनु भयो । अरनिको यातायातमा संलग्न चालक, सहचालकलाई
प्रत्येक महिना दूर्घटना न्युनिकरणको बारेमा प्रशिक्षण गर्ने गरेको पनि बताउनु भयो
।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी प्रमुख दिपक बहादुर केसी, उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, पत्रकार सन्चारकर्मी, जनप्रतिनिधीहरु, स्थानिय बासीहरुको उपस्थिति रहेको थियो । बसको उद्घाटन पछि अन्तर्कृया
कार्यक्रम भएको थियो । अन्तर्कृया कार्यक्रममा गाडीका स्टाफले यात्रुलाई गर्ने
ब्यवहारको बारेमा र भबितब्यमा हुने यात्रुलाई गर्ने बेवास्ताको बारेमा छलफल भएको
थियो । त्यसै गरी भाडामा यात्रुहरु ठगिने गरेको गुनासो समेत गरेका थिए ।