श्रीचौरमा घर जलेर नष्ट, १५ महिने बालक बेपत्ता, पुर्ण जलेको अवस्थामा मासुको डल्ला फेला


झगनखबर.कम

कार्तिक २२ । जिल्लाको मोलुङ गाउँपालिका वडा नं ६ मा एक घर जलेर नष्ट भएको छ । घरमा भएका दुइ बालक मध्य १५ महिने एक बालक बेपत्ता भएका छन् । श्रीचौरस्थित मंसिरेमा कर्मा शेर्पाको घरमा बुधबार दिउसो करिब २:३० बजेको समयमा आगलागी भएको थियो । कर्मा शेर्पा र उहाँकी श्रीमती ३ वर्षे छोरा मिङमार शेर्पा र १५ महिने छोरा फुर्वा शेर्पालाई घरमा छोडेर आफन्तकोमा गएको बेलामा घरमा आगलागी भएको थियो । ३ वर्षे बालक मिङमार शेर्पा घरबाट भाग्न सफल भई बाँचेका थिए भने १५ महिने बालक भने भेटिएका थिएनन् । खोजतलास गर्ने क्रममा करिब साँझ ८ः१५ बजेको समयमा पुर्ण  रुपमा जलेको अवस्थामा मासुको डल्ला फेला परेको थियो । तर त्यो मासुको डल्ला पुर्णरुपमा जलेकाले बालकको हो वा अन्य कुनै जनावरको हो पत्ता लागी नसकेको प्रहरीले बताएको छ ।

स्थानिय बासीले भने उक्त ढडेको मासुको डल्ला १५ महिने बालकको पनि हुन सक्ने आशंका गरेका छन् । तर जिल्ला प्रहरी कार्यालयले भने कुनै चेकजाँच नगरी डढेको मासुको डल्ला बालककै हो भनेर भन्न सकिने अवस्था नरहेको बताएको छ ।आवश्यक कानुनी प्रकृया पुरा गरी  उक्त डढेको मासुको डल्लालाई परिक्षणका लागी जिल्ला अस्पताल रुम्जाटारमा पाठाउने तयारी भईरहेको जानकारी दिएका छन् ।

उक्त आगलागी बाट घर र घरभित्र भएको सम्पुर्ण लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायतका सामग्रीहरु जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाख बराबरको सम्पती क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । बच्चाले लाइटर खेलाउने क्रममा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानियबासी, प्रहरी र जनप्रतिनिधीहरुको प्रयासमा करिब ४ः३५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो । आगलागी बाट अपुरणीय क्षती भएको नेपाली कांग्रेस वडा नं ६ का सभापति अशोक कट्वालले बताउनुभयो ।

 

प्रतिक्रिया