बेपत्ता हेलिकप्टर खोज्न अल्टिच्युडको हेली पठाइँदै

झगनखबर

असार २६ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भर्ने क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको हो । सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९ एनए.एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उहाँका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ ।

प्रतिक्रिया