कोशी प्रदेशमा कांगेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनको निर्णय


 झगनखबर

असार १८ । सत्तागठबन्धनले  कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेका हुन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशी प्रदेशमा  पहिलो पटकमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो  ।

बैठकपछि पत्रकाहरुसँग कुराकानी गर्दै पाण्डेले भन्नुभयो, हामी गठबन्धनमा भएको दलहरुको तर्फबाट नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।कोशीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि आइतबार प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका छन् । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद थियो । यो विवाद टुङ्गीय सँगै सरकार गठन प्रकृयाको बाटो खुलेको छ । गत पुस २४ गते मुख्यमन्त्री बन्नुभएका हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारमा माओबादीले सर्मथन छोडेपछी अल्पमतमा परेको थियो । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागी ४७ सदस्यको आवश्यक्ता पर्दछ । राप्रपाले नेकपा एमालेको साथ नछोडेको अवस्थामा कांग्रेस माओबादीको गठबन्धनमा सरकार बन्न सक्ने अवस्था कमजोर हुनसक्छ । नेपाली कांग्रेस सँग २९ जना नेकपा माओबादी सँग सभामुख सहित १३ जना नेकपा एस सँग ४ जना र जसपाको १ जना गरी ४७ जना रहेका छन् । तर नेकपा एमालेले सभामुखको मत गणना गर्न नमिल्ने बताउदै आएको छ । सभामुखको गणना नगर्ने हो भने ४६ जना मात्रै हुनेछ भने एमाले र राप्रपाको पनि ४६ नै हुनेछ । कांग्रेस माओबादीको गठबन्धनमा सरकार बनाउने हो भने कि त सभामुखलाई राजीनामा राउनुपर्ने हुन्छ कि त राप्रपालाई आफ्नो गठबन्धनमा ल्याउनु पर्ने चुनौती रहेको छ ।

प्रतिक्रिया