राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धन १८ एमाले १ सिटमा विजयी


झगनखबर

माघ ११ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ ।

बिहीवार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा एमालेले बाजी मारेको हो ।

कोशी प्रदेश :

१. सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला

२.  नेकपा एमालेकी रुक्मणी कोईराला,

मधेस प्रदेश :

१. सत्ता गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना

२. जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी

वागमती प्रदेश :

१. सत्ता  गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुकुमारी पुडासैनी

२. नेपाली काँग्रेसकै जितजंग बस्नेत

३. नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी

४. नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भएका छन् ।

 गण्डकी प्रदेश :

१. सत्ता गठबन्धनकै नेपाली काँग्रेसका पदमबहादुर परियार,

२. नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ

३. नेकपा (माओवादी केन्द्र) का मनरुपा शर्मा निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेश :

१.सत्ता गठबन्धनकै नेपाली काँग्रेसका विष्णुकुमारी सापकोटा

२. नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित हुनुभएको छ ।

 कर्णाली प्रदेश :

१. गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया,

२. नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल

३ नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

सुदूरपश्चिम प्रदेश :

१. सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका बलदेव बोहरा

२.  नेपाली काँग्रेसका नरायणदत्त भट्ट

३. नेकपा (माओवादी केन्द्र) का रेणु चन्द निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय सभामा १९ सिटका लागि बिहीवार मतदान भएको हो ।

जसमा नेपाली काँग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

कोशी प्रदेशमा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउदै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपा गठबन्धनकी उम्मेदवार रुक्मिणी कोइराला विजयी हुनुभएको हो ।

कोशी प्रदेशमा सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरेका थिए। प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

नेकपा एमाले कोइरालाको जम्मा मतभार ५०८६ ।

नेकपा (माओबादी केन्द्र) कार्कीको जम्मा मतभार ४९९२।

प्रदेश सभा सदस्य ३ जना र स्थानिय तहका प्रमुख उपप्रमुखले फ्लोर क्रस गरी मतदान गरेको पाईएको छ ।

 

 

 

 

प्रतिक्रिया