लिला सुनुवार
ओखलढुंगा १८, फागुन । ओखलढुंगा टुरिजम डेभलोप्मेन्ट कमिटीद्वारा आयोजित खिजी देम्बा अल्ट्रा ट्रायल रेशको चौथो संस्करणको उपाधि धावक सुमन कुलुङले हात पारेका छन् । सन २०१७ र २०१९ को एभरेष्ट म्याराथुनका विजेता कुलुङले खिजी देम्बा अल्ट्रा ट्रायल रेशको ४२ किलो मिटर दुरी कुल ३ घण्टा ४९ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा प्रथम भएका कुलुङलाई नगद पुरस्कार रु ७० हजार सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको छ । एभरेष्ट म्याराथुन २०२२ को विजेता तीर्थ तामाङले भने यो प्रतियोगितामा दोस्रो स्थानमा चित्त बुझाएका छन् । भोजपुर जिल्लाको षडानन्द गाउँपालिका १० का स्थायी बासिन्दा तामाङले कुल ३ घण्टा ५० मिनेटमा निर्धारित दुरी पार गरेका थिए ।
दोस्रो भएका तामाङले नगद ६० हजार रुपैयाँको
साथमा मेडल र प्रमाण पत्र हात पारेका छन् । तामाङ खिजी देम्बा अल्ट्रा ट्रायल
रेशको तेस्रो संस्करणको विजेता समेत हुन् । प्रतियोगितामा सोलुका अर्जुन कुलुङले
तेस्रो स्थान हात पारेका छन् । तेस्रो स्थानमा हासिल गरेका अर्जुनलाई नगद ५० हजार
सहित मेडल र प्रमाण पत्र पनि प्रदान गरिएको छ ।यसै गरी प्रतियोगितामा महिला तर्फको
उपाधि एभरेष्ट म्याराथुन सन २०१८ को विजेता सुन माया बुढाले हात पारेका छन् ।
जुम्लाकी बुढाले ४ घण्टा ४१ मिनेटमा निर्धारित दुरी पार गर्दै उपाधिमा कब्जा
जमाएकी हुन ।
यसै गरी ५ घण्टा ११ मिनेटमा निर्धारित दुरी
पार गर्दै जुम्लाकै मञ्जु रावातले दोस्रो
उपाधि आफ्नो लागी रक्षा गरिन भने महिला तर्फ कै तेस्रो उपाधिमा ५ घण्टा ११ मिनेट ३
सेकेन्डमा निर्धारित दुरी पार गरेर ऐशेलुखर्क खोटाङकी प्रिया राईले आफ्नो हक जमाइन
।
महिला तर्फ क्रमशः प्रथम हुनेलाई नगद ७०
हजार सहित मेडल र प्रमाण पत्र, दोस्रो हुनेलाई नगद ६० हजार सहित मेडल र
प्रमाण पत्र र तेस्रो हुनेका लागी नगद ५० हजार सहित मेडल र प्रमाण पत्र वितरण
गरिएको आयोजक समितिका सदस्य छेपाल शेर्पाले बताएका छन् ।
प्रतियोगितामा महिला तर्फ प्रथम स्थान
ओगटेकी सुन माया बुढाले व्यवस्थापकहरूले ठाउँ ठाउँमा जगले हातमा पानी दिनुको
विकल्पमा गिलासमा पानी राखी दिने गरेमा र ट्रायलमा राखिएको स्पिकर अत्यन्तै टाढा
रहेकोले अलि नजिक राखिएमा धावाकहरुलाई सहज हुने सुझाव समेत आयोजकलाई दिएका छन् ।