झगनखबर
बैशाख १५ । इलाम निर्वाचन क्षेत्र –२ मा ५१ प्रतिशत मत खसीसकेको छ, मतदान
निरन्तर जारी छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दिउँसो ३ बजेसम्म
६० हजार मत खसीसकेको छ । यो खसेको मतसंख्याको आधारमा हेर्दा ५१ प्रतिशत हुन आउछ ।
यो निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८ सय
८७ मतदाता संख्या रहेको छ ।
एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण
रूपमा मतदान भैरहेको बताएका छन् । ६वटा पालिकाका ४२ वटा वडामा मतदान भैरहेको छ । साँझ ५ बजे सम्ममा मतदान केन्द्रमा
प्रवेश गरेका मतदातालाई जति समय लागे पनि मतदान गर्न दिइने निर्वाचन कार्यालय
इलामले जानकारी दिएको छ । इलाम २ मा २०७९
को निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।
१५ बैशाख २०८१, शनिवार ०४:२३ मा प्रकाशित
313