यो साता
रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । घर परिवारमा सुख सन्तोष छाउनेछ ।
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई
समर्थन गर्नेछन् । पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ । न्यायिक कार्यमा सफलता
मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग
सेतो वा खरानी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा
अधिक लाभ हुनेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो हप्ता मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने छ ।
धार्मिक र सफल यात्राको योग छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको
काम बिग्रनेछ । शैक्षिक क्षेत्र कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग निलो वा सुन्तला
हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक
सफलता मिल्नेछ ।
यो साता साथी भाइको भेटघाटले मन प्रफुल्ल
रहला । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेम र
मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियम
र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग बैजनी
वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा
सफलता मिल्नेछ ।
यो साता जिद्दीपनाले गर्दा काम बिग्रने डर
छ । प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आफ्नो अधिकार प्राप्तिका
लागि संघर्ष गर्नु पर्ला । शेयर बजार र आर्थिक कारोबारमा समेत मन्दी आउला ।
मंगलबारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । यो
साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व
विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
यो साता प्राविधिक काममा सफलता
प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । धार्मिक तथा समाज सेवामा मन
लाग्नेछ । प्रणयसम्बन्ध बढेर जाने समय पनि छ । मध्य सातामा लत्ता कपडामा बढी धन
खर्च हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो वा गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य
आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
यो साता जीवनसाथीको सल्लाहमा
गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । दानपुण्यका कार्यमा सहभागी भइनेछ ।
प्राविधिक कार्यमा सफलता पाइनेछ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ ।
साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ
अङ्क १,६ र शुभ
रङ्ग खरानी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य
गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साता अतिथिको रूपमा सत्कार पाइएला ।
न्यायिक कार्यमा सफलता मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य
सम्पादनमा सहजता मिल्नेछ । स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । छोटो
दुरीको लाभदायक यात्रा रहला । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो
साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको
आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साता विश्वासपात्रलाई वचन दिँदा संयम
अपनाउनुहोला । सरकारी निकायको भए रहनेछ । नाक तथा घाँटीमा समस्या आउनसक्छ । मध्य
साताबाट शुभकार्यको चर्चा चल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । वैदेशिक कार्य
अघि बढ्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग निलो
वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ
गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता विद्या र बुद्धिको विकास हुनेछ ।
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वाहन सुख पनि मिल्नसक्छ ।
अध्ययनमा रुचि जाग्नुका साथै सफल यात्राका योग पनि देखिन्छन् । साताको मध्य भागमा
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ
अङ्क ५,७ र शुभ रङ्ग रातो
हो । कुनै शुभकर्म गर्नु पूर्व पितृदेवलाई स्मरण गरी कार्य गर्नाले अधिक सफलता
मिल्नेछ ।
यो साता कार्य सम्पादनमा सहजता
मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ ।
नयाँ ठाउँमा प्रवेश हुने समय रहेको छ । घरजग्गा र भौतिक साधन जुटाउने समय छ ।
पुँजी बजार तथा शेयर बजारको क्षेत्रमा सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क
३,८ र शुभ
रङ्ग कालो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी यात्रा
गर्नाले अधिक सफलता मिल्नेछ ।
यो हप्ता आँटेको र ताकेको कार्य पुरा होला
। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि
बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ सवारी
साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो
वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी
कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो हप्ता आँटेको र ताकेको कार्य पुरा होला
। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि
बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ सवारी
साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो
वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी
कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।