मासिक राशिफल
यो महिनामा विचार र बौद्धिक
कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सामाजिक
कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ । लामो समयदेखि
रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिने र
रमाउने समय छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । यो महिनाको लागि शुभ
अङ्क ३,८ र शुभ
रङ्ग पर्पल वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कनु अघि
भैरवजीको दर्शन गरि आरम्भ गर्दा राम्रो हुनेछ ।
कात्तिक
महिनामा प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । शैक्षिक क्षेत्रमा पनि सफलता
मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक
सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा
राम्रै फड्को मार्न सकिनेछ । वाहन लाभ हुने समय आएको छ । स्वास्थ्य क्षेत्र चैं
निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,,९ र शुभ
रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ
गर्दा अधिक लाभ हुनेछ ।
यो
कात्तिक महिनामा नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लक्ष्मी प्राप्तिको राम्रो
योग रहेको छ । प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ । टाडिएका परिवारजनसँग
भेटघाट हुनेछ । सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योग पनि छ । मध्य
महिनाबाट बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय
हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ
रङ्ग गुलाबी वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य
आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
कात्तिक
महिनामा नयाँ कार्यको योजना भने बन्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन
सकिनेछ । सोचेको जस्तो सफलता अलि मिल्ने छैन । पुँजी बजारको लगानी पनि नोक्सानी
हुन सक्छ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा सफलता प्राप्त
हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । व्यापार व्यवसायबाट भने
त्यति लाभ हुनेछैन । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ
रङ्ग गुलाबी वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु
भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो महिनामा सफल सुखद् यात्राका
अवसर प्राप्त हुनेछन् । काम देखाएर अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा
सफलता मिल्नेछ । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । महिनाको
अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न
सक्नेछ । रुघाखोकीको समस्या बढ्ला । आर्थिक समस्याले पनि सताउला । यो महिनाको लागि
शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म
गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो महिनामा तपाईंको राशिबाट
द्वितीय भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । नयाँ कार्य प्राप्तिको
योग छ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्ने छन् । धर्मकर्म
तथा समाजसेवामा मन लाग्ला । महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ ।
वैदेशिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।
यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग खैरो वा फुस्रो हो । कुनै शुभकर्म
गर्नु पूर्व आफ्नो कूल देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो
महिनामा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक कार्यमा विशेष रुचि
रहनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक र टेक्निकल कार्यमा
उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । सद्विचारले अभिप्रेरित
हुनेहरूलाई बढी लाभ हुनेछ । महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग
रहनुहोला । नाक तथा घाँटीमा समस्या पनि आउला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ
रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा
गर्नाले अधिक सफलता मिल्नेछ ।
यो
महिनामा महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पढाइलेखाइमा पनि खासै
प्रगति गर्न नसकिने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ
हुनेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला । मध्य महिनामा
मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन
कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ
रङ्ग निलो वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ
गर्दा राम्रो हुनेछ ।
यो महिनामा मिश्रित फल मिल्नेछ
। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न
हुनेछन् । छरछिमेकमा सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु
पर्नेछ । २२ गतेबाट स्वास्थ्य प्रति सजग रहनु उचित हुने देखिन्छ । कमजोरी बाहिर
आउनाले जागिरमा समस्या पर्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल चैं भइँदैन । यो
महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्गे पहेँलो हो । कुनै शुभकर्म गर्नु
पूर्व वा घरबाट बाहिर निस्कनु अघि दुर्गाजीको स्मरण गरि कार्य गर्नाले राम्रो
हुन्छ ।
कात्तिक
महिना समग्रमा सकारात्मक नै रहेको छ । गरेको कार्यमा सफलता पाइनेछ । कलासाहित्य
तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । सुखद् यात्राका
अवसर प्राप्त हुनेछन् । इनाम र प्रतिष्ठा कमाउने बेला छ । आर्थिक उन्नतिका साथै
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आफन्तजनबाट भने सजग रहनु नै
उचित हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ
रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना
गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कात्तिक
महिनामा कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । सामाजिक र राजनैतिक कार्यमा
सफलता मिल्नेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कला र मनोरञ्जनमा अभिरुचि
बढ्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ । पराक्रम बढ्नुका साथै कीर्ति
वृद्धिको योग छ । पुँजी बजारमा लगानीको अवसर पनि छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ
रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट बाहिर निस्कनु अघि
भगवान श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो महिनामा तपाईंको राशिबाट आठौ
भावमा सूर्यले भ्रमण गर्नाले चोटपटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेममा
मनमुटावका साथै मन कमजोर रहला । आर्थिक समस्याले सताउन सक्छ । २० गतेबाट घुमफिर र
भ्रमणको योग रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि
प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । शेयर बजारले पनि साथ दिनेछ । यो महिनाको
लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हल्का पहेँलो वा सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा कतै निस्कनु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा
बढी राम्रो हुनेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल