यो साता राजनैतिक र सामाजिक
प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । छोटो दुरीको सफल र लाभदायक यात्रा
पनि हुनेछ । कुनै न् कुनै कुराले मनमा प्रसन्नता छाउने छ । कुटुम्बको सहयोग
मिल्नेछ, तर
स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो वा नीलो हो ।
कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ र
सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन
सकिनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । पुँजी
बजारले पनि साथ दिनेछ । बुधवारबाट ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
आत्मबलमा कमी आउने छ । कर्मक्षेत्र पनि सङ्घर्षशील रहनेछ । यो साताका लागि शुभ
अङ्क २,४ र शुभ रङ्ग कालो
वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा गरी कार्य आरम्भ गर्दा अधिक
लाभ प्राप्त हुनेछ ।
यो साता लाभदायक यात्राको योग छ
। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारको
लगानीले राम्रै लाभ मिल्ने देखिन्छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा
गर्नेछन् । वैदेशिक कार्य सम्पादन हुनेछ । धार्मिक यात्राको योग पनि रहेको छ । यो
साताका लागि शुभ अङ्क ५,९ र शुभ
रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरी यात्रा
आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो हप्ता लाभहानी सुखदुःख
बराबरी खालको दिन रहनेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन
हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ, तर आर्थिक कारोबारमा समस्या
आउनसक्छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा हरियो हो
। कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरी कार्य
आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
यो साता धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता
कार्यमा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ । साताको अन्त्यमा ताके अनुरूप काम
नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा रातो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो साता सफल यात्राको योग छ ।
स्वादिष्ट भोजन पनि पाइनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र
सहयोग गर्ने समय आएको छ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ
। मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी / प्रेमिकाका बिच
खिन्नता बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सुन्तला वा सेतो
हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
यो साता रोकिएका काम पुनः सुरु
हुन सक्छन् । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ । प्रेम जीवन सुखद् रहनेछ ।
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय
लिनु राम्रो होला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क
५,७ र शुभ
रङ्ग आकाशे सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको स्मरण गरी कार्य
गर्नाले अधिक सफलता मिल्नेछ ।
यो साताको सुरुका दिनमा
स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ । शेयर
बजारले पनि साथ नदेला । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका
लागि शुभ अङ्क ३,९ र शुभ
रङ्ग खैरो या घ्यु रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य
आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता सामाजिक क्षेत्र र नोकरीबाट
मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । मनोरञ्जनका साथै धार्मिक
कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ ।
जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग पहेँलो
हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी यात्रा गर्दा अधिक सफलता
मिल्नेछ ।
यो साता सुन्दर पहिरनले व्यक्तित्वमा
निखारता ल्याउनेछ । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक
सभासमारोहमा सरिक हुने सम्भावना छ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी
वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो हप्ता कुनै कुराले मनमा
शान्ति छाउनेछ । सामाजिक प्रतिष्ठा कमाउन सकिनेछ । प्राविधिक र कृषिका काममा सफलता
मिल्नेछ । धार्मिक कार्य र तीर्थाटनको योग पनि छ । मध्य सातामा सामान हराउन सक्छ ।
स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो
। कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता नवग्रहको स्मरण गरी कार्य
आरम्भ गर्दा राम्रो हुनेछ ।
यो साता आज घर परिवारमा झैझमेलाको अवस्था
आउला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मङ्गलवारबाट मनको डरले
सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी
गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक
सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल