काठमाडौं १२, फागुन । राष्ट्रपतिको चुनाव नजिकिए सँगै नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलले निर्णय गरेका छन् । सरकारमा रहेको माओबादी र प्रतिपक्षमा रहेको नेपाली कांग्रेस सहित आठ दलले संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको जनाएका हुन् । शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
१२ फाल्गुण २०७९, शुक्रबार ०९:३२ मा प्रकाशित
285