राजकुमार कार्की
माघ २ । ओखलढुंगा जिल्लाको
चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष मृत फेला परेका छन् । धन बहादुर खत्रीको छोरा
डाक बहादुर खत्री घरनजीकै बाटोको छेउमा मृतअवस्थामा भेटिएको हो । शुक्रबार विहान
करिब ६ः३० बजेको समयमा घरभन्दा अन्दाजी ५० मिटर टाढा मृतावस्थामा खत्रीको शव
भेटिएको थियो ।
बाटो हिड्नेक्रममा स्थानीयबासीले बाटोमा
मृतावस्थामा खत्रीको शव भेटेपछि घरमा मृतकको आमालाई खबर गरेका थिए । मिर्तकको आमा घट्नास्थल
पुगी छोराको शवलाई बोकाई घरमा ल्याएकी थिइन् । छोरालाई मृतावस्थामा भेटेर घरमा
ल्याएर जनप्रतिनिधी र प्रहरीलाई खबर गरिएको स्थानीयबासीले बताएका छन् । प्रहरी
चौकी घोराखोरीबाट प्रहरी सहायक निरीक्षक रत्नेश राउत कुर्मीको टोलीले घट्नास्थल
सुरक्षीत गरिएको थियो । थप कानूनी प्रकृया र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी
कार्यालय बरुणेश्वर रामपुर बाट प्रहरी निरीक्षक मनिष लुइटेलको टोली घट्नास्थलतर्फ
गएको थियो । आवश्यक कानूनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि पठाईएको छ ।
घट्नाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी
दिएका छन् ।