७६ प्रतिशत
उम्मेदवारको धरौटी जफत
२९ मंसिर, काठमाण्डौ । मंसिर ४ गते सम्पन्न
भएको प्रतिनिधी सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनमा ७६.०४ प्रतिशत
उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधी सभा सदस्य तर्फ पुरुष : १ हजार ७ सय
७२ जना, महिला १ सय ८९ गरि जम्मा १ हजार ९ सय ६१ जना र प्रदेश
सभा सदस्य तर्फ पुरुष: २ हजार ८६ जना, महिला २ सय ३७ जना गरि
जम्मा २ हजार ३ सय २४ जना, प्रतिनिधी सभा र प्रदेश सभा गरि
जम्मा ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको हो । जुन ७६.०४ प्रतिशत हुन आउछ ।
प्रतिनिधी सभाको
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणली तर्फ महिला २ सय २५ र पुरुष २ हजार १
सय ८६, समानुपातिक प्रणाली तर्फ महिला १
हजार १ सय ८७ र पुरुष १ हजार १२ जना
प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ महिला २ सय ८० जना पुरुष २ हजार ९ सय ४३ अन्य १ जना गरि जम्मा ३ हजार २ सय २४ र समानुपातिक तर्फ महिला १ हजार ५ सय ११ पुरुष २ हजार १ सय ९७ गरि जम्मा ३ हजार ७ सय ८ जना अन्तिम बन्द सुचिमा पेश भएका थिए ।
प्रतिनिधीसभा तर्फ प्रत्यक्ष र समानुपातिक गरि ४ हजार ६ सय १० र प्रदेश सभा तर्फ प्रत्यक्ष र समानुपातिक गरि ६ हजार ९ सय ३२ जना गरि जम्मा ११ हजार ५ सय ४२ जना अन्तिम बन्दसुचिमा पेश भएको थियो ।
जस मध्ये प्रतिनिधी सभामा पुरुष १ सय ८४, महिला ९१ गरि जम्मा २ सय ७५
निर्वाचित भएका छन् । प्रदेश सभा तर्फ पुरुष ३ सय ५० जना, महिला
२ सय गरि जम्मा ५ सय ५० जना निर्वाचित भएका छन् । प्रतिनिधी सभा र प्रदेश सभाको
जम्मा निर्वाचित संख्या ८ सय २५ जना रहेको छ ।
प्रतिनिधी सभा सदस्य
निर्वाचन ऐन २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा पहिलो हुने
निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर
मतको १० प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने ब्यवस्था रहेको
छ ।