राजकुमार कार्की
असार २ । लैंगिक विभेदमा
आधारित हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि सचेतीकरण कार्यक्रम
सम्पन्न भएको छ । मानभन्ज्याङ गाउंपालिकाका सबै वडाका वडा अध्यक्ष र दलित महिला
सदस्यहरुलाई सचेतीकरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो । युएनएफपिएको
आर्थिक सहयोगमा सिएमसी नेपालले मानभन्ज्याङ गाउंपालिकाको समन्वय र सहकार्यमा
सोमबार मानभन्ज्याङमा कार्यक्रम सन्पन्न भएको छ ।
गाउंपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीकोे
अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष रुम्दालीले लैगिक
हिंसा र यसको प्रकार, असर, प्रजनन स्वास्थ्य र लैगिक हिंसा विचको सम्बन्ध बारे प्रष्ट पार्नु
भएको थियो । परियोजना लागु नभएका अन्य बाँकी स्थानीय तहमा पनि लैंगिक हिंसाको
बारेमा खोजी र अध्ययन गरिनु पर्ने बताउनु भयो । साथै उहाँले सम्पुर्ण जानकारी
समेटिएको (प्रहरी, एम्बुलेन्स, रेस्क्यु गर्ने टोलीको नम्बर) लगायत
जस्ता आवश्यकीय विषयको चार्ट प्रत्येक घरमा टाँस गर्न सकेमा लैंगिक हिंसा
न्युनीकरण गर्न सहज हुने बताउनु भयो ।
युएनएफपीएका कार्यक्रम संयोजक रेखा
श्रेष्ठले सहजीकरण गर्नुभएको कार्यक्रममा लैङ्गिक हिंसा यसका प्रकार, जीवन चक्रअनुसार लैङ्गिक हिंसा, लैङ्गिक हिंसाको मुख्य कारणहरु नेपाल र
विश्वमा लैङ्गिक हिंसाको परिदृष्य, लैंगिक
हिंसा रोकथाम तथा प्रतिकार्यका लागि नीतिगत ब्यवस्था , लैगिक हिंसा निबारण कोष र सुरक्षित
आवासगृह र एकद्धार संकट व्यवस्थापन केन्द्रको सेवा तथा लैङ्गिक हिंसा सम्बन्धी
नितिगत तथा कानुनी व्यवस्थाहरु लगायतका विषयमा प्रष्ट पार्नु भएको थियो ।
पालिका उपाध्यक्ष आश्रचन राईले
मान्छेका कृयाकलापका कारण लैंगिक हिंसा हुने गरेको बताउदै बजेटको समय पनि भएकाले
उद्धारतका साथ हिंसा न्युनीकरण गर्न प्रभावकारी बजेटको ब्यवस्था गर्ने बताउनु भयो
।
सचेतीकरण कार्यक्रमको अन्त्यमा सबै
वडाका प्रतिनिधिहरुले आर्थिक वर्ष २०८२÷०८३
को लागि लैगिक हिंसा रोकथाम, यौन
तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्न कार्य योजना तयार पारेका
थिए । उक्त कार्ययोजना अनुसार कार्यक्रम संचालन गर्नको लागि आवश्यक प्राविधिक
सहयोग गर्ने युएनएफपिएका कार्यक्रम संयोजक रेखा श्रेष्ठले प्रतिबद्ध रहेको बताउनु
भयो ।
यौन तथा प्रजनन् स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्यका आयामहरू, यौन तथा प्रजनन स्वास्थ्यको महत्व, सुरक्षित मातृत्व तथा प्रजनन्
स्वास्थ्य–विद्यमान कानुनि व्यवस्था नेपालको
संविधानमा स्वास्थ्य, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य
अधिकार ऐन, २०७५, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैगिक हिंसा र प्रजनन स्वास्थ्यको सम्बन्धबारेमा स्वास्थ्य शाखा
प्रमुख बिश्वनाथ दाहालले प्रष्ट पार्नुभएको थियो ।