राजकुमार कार्की
पुस १० । जिल्लाको शैक्षिक
उन्नयनका लागि एक दिवसीय गोष्ठी जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति को आयोजना तथा शिक्षा
विकास इकाई ओखलढुंगाको सहकार्यमा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिकमा प्रमुख टेकराज
भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धिचरण नगरपालिकाका नगर प्रमुख, चम्पादेवी, सुनकोशी, मोलुङ र चिशंखुगढी गाउँपालिकाका अध्यक्षहरु र केहि
विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षकहरु
युवराज दाहाल, गोकर्ण बानिया, कुल प्रसाद खतिवडा र उमेश बुढाथोकीले
शैक्षिक सुधारको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएको उक्त
कार्यपत्र र सरोकारवालाबाट आएका सुझावहरु समेत राखी सबै स्थानीयत तह, जिल्लास्थित
क्रियाशिल राजनीतिक दल, सरोकारवाला निकायमा पठाई आवश्यक सुझाव र प्रतिबद्धता गराई यसलाई ओखलढुंगा
जिल्लाको शिक्षा नीतिको रुपमा स्वीकार गरी आगामी शैक्षिक सत्रबाट लागु गर्ने
निर्णय भएको जानकारी दिएका छन् ।
गोष्ठीमा सहभागीहरुमध्ये अन्तिमम बोल्दै सहभागीहरु कसले के भने
कार्यक्रमका अध्यक्ष एवं जिसस प्रमुख टेकराज
भट्टराई:
कार्यक्रमको अन्त्यमा धेरै जसो सहभागीहरु
निस्कीसकेका थिए यसलाई ब्यङ्ग्यात्मक रुपमा भन्दै यसरी सुरु गर्नुभयो; ‘कागलाई वसन्तऋतुको
महत्व नभएजस्तै यो कार्यक्रम पनि सबैलाई महत्व नहुन सक्छ । जसलाई महत्व लाग्यो, अहिले सम्म निरन्तर
बसीरहेका छौ । जसलाई महत्व लागेन उहाँहरु गईसक्नु भयो । जिल्लाको शैक्षिक सुधार
गर्न एक पक्षले मात्रै संभव छैन, तत्–तत् ठाउँबाट सबैजना लाग्नुपर्दछ । शिक्षा, देश र समाजको
मेरुदण्ड हो, यसलाई सुधारेर लैजान आवश्यक छ । शिक्षा हिजोबाट आज झन्–झन् विग्रीदो
अवस्थामा छ । विद्यालयमा बढी दलीयकरण भएका कारण शिक्षामा ह््रास आएको हो ।
विद्यालय शिक्षक नियुक्त गर्दा राम्रालाई छोडेर हाम्रालाई नियुक्त गरिँउ । अवका
दिनमा जहाँबाट गल्ती भयो, त्यहिबाट सुधार गरेर अगाढी बढौ, हिजो जे गरिँउ आज त्यो नगरौ । जिल्लाको
शिक्षामा भएको रोग पत्ता लागेको छ, अव उपचार गर्न सजिलो छ । सामुदायिक विद्यालयमा
भरोसा नभएर नीजी विद्यालयमा जान बाध्य भएका कारण नागरिकको बढी खर्च भएको छ ।
सामान्य नागरिकका सन्तती पढ्ने सामुदायिक विद्यालयको सुधार गर्न सबै जना लाग्ने हो
भने संभव छ ।’
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश पूर्व अर्थसमिति सभापति मोहन कुमार खड्का:
शिक्षामा सुधार नहुनुको मुख्य कारण
समयअनुकुल नीति, नियम, ऐन, कानून नबन्नु हो । संविधान निर्माण भएको कम्तिमा पनि २ वर्षमा बन्नुपर्ने
ऐन,नियम अझै २
कार्यकालमा पनि आउने संभावना छैन । समाजमा विकासको बुझाई पनि गलत छ । स्थानीय तहको
बजेट निर्माण गर्ने कुरा ध्यान दिएका छैनन् । विद्यार्थीलाई विद्यालयसम्म सहज आउने
वातावरण सिर्जना गर्न सकेका छैनन् । देशमा राजनीतिक र प्रशासनिक संघियता आयो तर
वित्तिय संघियता अहिले पनि आएको छैन । देशमा श्रमशक्तीको अभावमा थुप्रै योजनाहरु
रुग्न छन् । शैक्षिक सुधारको मुख्य जिम्मेवारी शिक्षकहरु नै हुन् । जसलाई विद्यालय
ब्यवस्थापन समिति र स्थानीय तहले हस्तक्षेम गर्नुहुदैन । स्थानीय तहले शैक्षिक
सुधारको कार्यक्रमका लागि बजेटको ब्यवस्था गर्नु पर्दछ । विद्यालय भवनहर भूतबंगाला
बन्नेवाला छन् । आज विद्यार्थीको अभावमा विद्यालय खाली भएका छन् । अबको १० वर्ष पछि शिक्षककै अभावमा विद्यालय
खाली हुने खतरा बढेको छ । गाउँलाई पुनर्संरचना गर्नु पर्ने आवश्यक छ ।
चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त
शर्मा:
नेपालको कानूनमा संस्थागत र निजी विद्यालय
खोल्न पाउने अधिकार छ । विद्यार्थीलाई निजी विद्यालयमा पठाउछन भन्ने आरोप छ । यो
आफैले निम्त्याएको विषय हो । समाज रुपान्तरणमा सबै लाग्नु पर्दछ । विद्यालय सुधार
गर्न,
विद्यालय प्रशासनलाई
स्तन्त्र छोडीनुपर्दछ, राजनीतिक आधारमा गरिनु हुदैन । भोट हालेको आधारमा प्रधानाध्यापक नियुक्त
नगरी योग्यताको आधारमा नियुक्ती गरिनुपर्दछ ।
बरुणेश्वर माध्यमिक विद्यालयका प्र.अ. कुल
प्रसाद खतिवडा:
पञ्चायत कालको शिक्षा ऐन बोकेर गुणस्तरमा
समस्या आएको हो । शिक्षालाई अहिले सम्म पुरातन हिसाबले सोचिएको छ । शिक्षाको
दृष्टिकोणमा एकरुप्ता छैन । विद्यार्थीलाई सिकाउन, टिकाउन र विकाउन
सकिएको छैन । हामी शिक्षकहरु पुराना भयौँ भन्ने पनि छ, शिक्षकहर रुपान्तरण
हुन आवश्यक छ । पहिला शिक्षण सिकाईमा सुधार गर्नुपर्दछ र दोश्रोमा परिक्षा
प्रणालीमा सुधार गर्नुपर्दछ । अब ४५ मिनेट पढाएर संभव हुदैन । स्थानीय पाठ्यक्रमको
विकास गरी खेल शिक्षक, संगित शिक्षक, कम्प्युटर शिक्षक नियुक्त गर्नुपर्दछ ।
टंकराज गिरी पूर्वशिक्षक:
पञ्चायत कालमा बनेको शिक्षा नीति बोकेर
अहिलेसम्म विद्यालय सन्चालन गरिरहेका छौ । शिक्षालाई परिवर्तन गर्न ड्युटी इज गड
भनेर लाग्नुपर्दछ । स्थानीय तहले राजनीतिक आस्थाका आधारमा विद्यालयमा पूर्वाग्राहि
हुनुहुदैन ।
जालपा माध्यमिक विद्यालयका प्र.अ. रत्न केसी:
म विहान सदरमुकाम तिर आउदै गर्दा मेरो
विद्यालयको कक्षा २ मा अध्ययन गर्ने लामीसोती भन्दा पनि तलकी नानीले झोलामा दुध
बोकेर बजारमा बेचेर घर फर्कीदै गरेको पटक
पटक भेट्ने गर्छु । त्यो दुध बजारको बोर्डिङ स्कुलमा ५÷६ कक्षामा पढ्ने
विद्यार्थीलाई उसका बुवाआमाले खाइदेउन बाबु भनेर दुध खुवाउन कर गरेको देख्छु । उता
मेरो स्कुलमा पढ्ने नानीले घरमा पुगेर पनि अन्य काम गरेर विद्यालय आउछीन । मेरो
विद्यालयमा अरु विद्यार्थीहरु पनि करिब २ घण्टाको पैदलयात्राबाट विद्यालय
आइपुग्छन् । तर बोर्डिङका विद्यार्थीलाई लिन गाडी घरमै पुग्छ । सामुदायिक
विद्यालयमा शैक्षिक गुणस्तर खत्तमै छ भनेर रोइहाल्नु पर्ने अवस्था छैन । मेरो
विद्यालयबाट एसएलसीमा सहभागी भएको १७ वर्ष भयो । तर अहिले सम्म म त्याहा अध्ययन
गरेर बेरोजगार भएँ, माग्ने भएँ भनेर आएका छैनन् । मेरा छोराछोरी लालिगुराँस स्कुलमा पढेका हुन
तर अहिले सम्म पनि बेरोजगार नै छन् ।
शिक्षाको गुणस्तर नाप्ने कुनै यन्त्र पनि भेटेको छैन । स्थानीय तहले बाटो
भत्काउने मात्र हैन शिक्षामा पनि लगानी गर्नुप¥यो । हाम्रा कुरा स्थानीय तहले सुन्ने गरेको
छैन । शिक्षालाई अहिले भएको बाट सुधार गर्न आवश्यक छ । हामी राज्यको तलब खाएर
विद्यार्थीको भविष्य निर्माणमा लागेका हाँै ।
ओखलढुंगा क्याम्पसका प्रमुख इश्वर तिमल्सिना:
शिक्षकहरु रुपान्तरण भएर केलासभित्र छिर्न
सक्दैनौ भने परिवर्तन संभव छैन । शिक्षक नै परिवर्तन हुन आवश्यक छ । शिक्षकहरु
लाग्दा शैक्षिक गुणस्तर बृद्धि गर्न संभव
हुदोरहेछ भन्ने कुरा मैले अध्यापन गराउने क्यम्पस बाट प्रमाणित भएको छ ।
लालीगुराँस इङ्लीस स्कुलका सहायक प्र.अ दिपक
सुवेदी:
हाम्रो विद्यालय जिल्लाको सबै भन्दा बढी
विद्यार्थी भएको विद्यालय हो । विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थीहरु र ६५
जना शिक्षक छन् । नियमले के भन्छ थाहा भएन, तर जतिसक्यो धेरैदिन विद्यालय खोल्ने हो, विद्यार्थी संख्या
बढाउने हाम्रो ध्यय हो । सामुदायिक विद्यालयमा वार्षिक ५० दिन विदाको सुविधा हुँदा
हामीलाई दशैतिहारमा १५ दिन मात्र विदाको सुविधा हुन्छ । तपाँहरु ५० दिनलाई २० दिन
विदा कटाएर ३० दिनमात्र सुविधा लिएर अध्यापन गराउन सक्नुहुन्छ ? सामुदायिक विद्यालयमा
सरलाई स्यालरीको टेन्सन पनि छैन । अविभावकलाई हामीले बोलाउदा पनि आउनुहुन्न ।
उहाँहर आआफ्नै काममा ब्यस्त हुनुहुन्छ होला । यो वर्ष पनि लालीगुराँसको
विद्यार्थीले जिल्लाभरीबाट उत्कृष्ट जिपिए ल्याएको छ ।