चुनावी प्रतिबद्धता पुरा गर्दै रामहरि


झगनखबर

चैत १० चुनावमा प्रतिबद्धता गरेका योजनाहरु पुरा गर्न लागीपरेको संघिय माननिय रामहरि खतिवडाले बताउनु भएको मोलुङ एक्वारको सडकको शिलान्यास गर्दै खतिवडाले यस्तो बताउनु भएको हो उदयपुरको घुर्मिदेखि शुरु भएको मोलुङ एक्वारको सडक बजेट अभावमा अपलपत्र अवस्थामा परेको थियो सडक निर्माण कार्य हुँदाहुदै बजेटको अभावका कारण निर्माण अबरुद्ध भएको थियो भौतिक पुर्वाधार मन्त्रालयबाट करोड ७५ लाख रकम बिनियोजन योजना सम्पन्न गर्न श्रोत सुनिश्चता भएपछि शनिबार सडक निर्माणको शिलान्यास गरिएको संघिय माननिय एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शिलान्यास गर्नु भएको हो शिलान्यास कार्यक्रममा बोल्दै खतिवडाले आफुले चुनावमा प्रतिबद्धता गरेका योजनाहरु ७५ प्रतिशत भन्दा बढी सम्पन्न हुनलागेको बताउनु भयो लिखु एक्वार, दुधकोशी एक्वार सडक निर्माण सम्पन्न भई गाडी चल्न शुरु भएको त्यसै गरी साँघुटार घोराखोरी सडक कालोपत्रे रानीवन सम्म सम्पन्न लगायतका योजनाहरु सम्पन्न भईसकेको बताउनु भयो भुकम्प पिडितले पाउनु पर्ने राहत रकम नपाईरहेको अवस्थामा आफुले चुनाव जितेपछि १८ करोड रकम छुट्याएको बताउनु भयो रामपुर श्रीचौर सडक कालोपत्रेका लागि ३२ करोड छुट्टिएको पनि बताउनु भयो

मोलुङ एक्वारको सडक सुनकोशी गाउँपालिकाको वडा नं स्थित काउछेमा पुगेर रोकीएको थियो शनिबार सुनकोशी कै अँधेरी तर्फबाट सडक निर्माणको शिलान्यास भएको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिका स्वकीय सचिव हुकुम राईले जानकारी दिनुभयो मोलुङ एक्वारको सडक निर्माण सम्पन्न भई सन्चालनमा आएपछि ओखलढुंगा  सदरमुकाम लगायतका ठाउँका नागरिकहरुलाई राजधानी जोड्ने छोटो सडक हुनेछ उक्त सडक जोडिने भएपछि स्थानियबासी खुशी भएका छन्  

 

प्रतिक्रिया