असोज २० ।
लामो समय देखि बन्द रहेको ओखलढुंगाको एकमात्र विमानस्थल रुम्जाटार विमानस्थल
सुचारु हुने भएको छ । आइतबार समिट एअरको प्लेन रुम्जाटार अवतरण गरे सँगै विमानस्थल
सुचारु हुने भएको हो ।
रुम्जाटार विमानस्थल,नेपालको पुरानो
विमानस्थल मध्य एक हो । पहिला–पहिला यात्रुहरुको निक्कै चाप हुने उक्त
विमानस्थलमा लामो समय देखि प्लेन सन्चालनमा आउन सकेका थिएनन् । २०६९ सालमा
ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मी बजारको सुनकोशीमा पक्की पुल निर्माण भएपछि
रुम्जाटार विमानस्थललाई असर गरेको थियो । ओखलढुंगालाई बीपी राजमार्गले सिधा
राजधानी जोडेपछि विमानस्थल सन्चालन हुन सकेको थिएन । टावर कार्यालय रुम्जाटारका
अनुसार २०७३ साल देखि रुम्जाटार विमानस्थल पूर्णरुपमा बन्द भएको थियो । ७३ साल
सम्म प्लेन आईरहेका थिए, त्यो भन्दा यता प्लेन आउनै छोडेको बताएका छन् ।
२०७६ सालमा नियमित
उडाने भर्ने भनेर एकपटक टेस्ट फ्लाइट गरिएको थियो । तर त्यो एकपटक टेस्टफ्लाईट
मात्रै गरियो, त्यो बाहेक प्लेन आएको थिएन । प्यासेन्जर नपाएका कारण रुम्जाटार प्लेन आउन
नसकेको एअरलाइन्सले बताउदै आएको थियो । असोज महिनाको ११ र १२ गते आएको बाढीपहिरोले
बिपी राजमार्ग अबरुद्ध भएपछि प्लेन सन्चालनका लागि पहल गरिएको थियो । नेपालीहरुको
महान चाड दशै आउनै लाग्दा बिपी राजमार्ग अबरुद्ध भएपछि रुम्जाटारमा नियमित प्लेन
सन्चालन गर्न प्रतनिधी सभा सदस्य एवं राज्यव्यवस्था तथा सुशासन समितिका सभापति
रामहरि खतिवडाले पहल गर्नुभएको थियो । आइतबार आएको प्लेनमा आउनु भएका खतिवडाले
रुम्जाटार ओर्लिएपछि भन्नुभयो; ‘हप्ताको दुइवटा प्लेन ल्याउने सहमति भएको छ, प्रत्येक हप्ताको
आईतबार समिट एअर र प्रत्येक बुधबार नेपाल एअरले उडान भर्ने सहमति भएको छ ।’ उहाँका अनुसार अब प्रत्येक हप्ताको आइतबार र बुधबार रुम्जाटारमा
काठमाण्डौबाट प्लने आउनेछन् । आईतबार आएको समिट एअरको प्लेनमा ४ हजार ५ सय एकतर्फी
भाडामा आवतजावत भएको थियो भने अबको नियमित उडानका लागि थप छलफल गरेर भाडादर कायम
गरिने बताएका छन् ।
लामो समय पश्चात रुम्जाटारमा प्लेन आउने भएपछि स्थानियबासी खुशी भएका छन् । तर प्लेन नियमित नहुनेमा भने चिन्तित छन् । ७६ सालमा पनि एकपटक प्लेन आएको र त्यो भन्दा पछाडी व्यावसायिक रुपमा प्लने उडान नगरेकोले नियमित उडान हुनेमा विश्वस्त हुन नसक्ने नागरिकको गुनासो छ । बीपी राजमार्ग अवरोध भएपछि ओखलढुंगाका नागारिकले हेटौडाको रुट प्रयोग गरेर ३ हजार ५ सय देखि ४ हजार सम्म जीप भाडा तिरेर काठमाण्डौ देखि ओखलढुंगा सदरमूकाम सम्म आउन बाध्य भएका छन् ।
आइतबार रुम्जाटारमा आएको समिट एअरको जहाँज