पुष १७, पोखरा । पोखरा अन्तर्राष्ट्रिय
विमानस्थलको उद्घाटन भएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा
प्रधानमन्त्री पुष्पकमल दाहालले दीप बालेर विमानस्थलको उद्घाटन गरेका हुन् ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय
विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको बताएका छन् । उद्घाटन समारोहमा व्यापक जनसहभागिता रहेको थियो
। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थमन्त्री विष्णु पौडेल पनि गएका थिए । आइतबार उद्घाटन भएको अन्तर्राष्ट्रिय
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने टुंगो भईसकेको छैन ।
बिमानस्थल उद्घाटन भएको खुशियालीमा
महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह
गरेको छ। विमानस्थलको परिकल्पना गरी जग्गा
अधिग्रहण सुरु गरेका शंकरराज पाठक पनि समारोहमा उपस्थित थिए । कार्यक्रममा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक
झाँकी निकालिएको बताएका छन् ।