यातायात ब्यवस्था कार्यालय रुम्जाटारमा सेवाग्राहीको चाप


झगनखबर

  आसर ७ । यातायात ब्यवस्था कार्यालय रुम्जाटार ओखलढुंगामा १ हजार ८ सय ६९ जनाले अनलाईन निवेदन दर्ता गरेका छन् । गत फागुन महिना देखि जेठ मसान्त सम्म नयाँ सवारी चालक अनुमती पत्रको लागी १ हजार ४ सय ७४ जना र वर्ग थपका लागी ३ सय ९५ जनाले अनलाइन निवेदन दर्ता गरेका हुन् । २०७८ साल असोज १४ गतेदेखी नविकरण गर्न शुरु गरेको कार्यालयले २०७९ साल फागुन १४ गतेबाट नयाँ र वर्गथपको अनलाईन दर्ता गर्न शुरु गरेको थियो । तिन महिनाको अवधीमा नयाँ सवारी चालक अनुमती पत्र ४ सय ५८ जना र वर्गथप १ सय ५१ जना गरी जम्मा ६ सय ९ जनाले सवारीचालक अनुमती पत्र प्राप्त गरेका छन् । २०७९ साउन देखी ०८० जेठ मसान्त सम्ममा ३ सय २५ जनाले सवारी साधन नविकरण गरेका छन् ।

ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयुपुरको उत्तरी भाग र सिन्धुलीको उत्तरी भागका सेवाग्रहीले सेवा लिईरहेका छन् । सवारी चालक अनुमती पत्र प्राप्त गर्न तराई अथवा काठमाणडौ जानुपर्दा धेरै खर्च लाग्ने भएकाले कतिपयले सवारीचालक अनुमती पत्र प्राप्त नगरी सवारी चलाईरहेको थिए । रुम्जाटारमै ट्रायलसेन्टर भएपछी अनुमती पत्रको लागी धेरै सजिलो भएको स्थानियबासीले बताएका छन् । ट्रायल परिक्षा शुरु गर्दाको समयमा कार्यालयले धान्नै नसक्ने गरी आवेदन आएको तर अहिले कम हुँदै गएको यातायात ब्यवस्था कार्यालय रुम्जाटार ओखलढुंगाका कार्यालय प्रमुख गोपाल दाहालले बताउनु भयो । कार्यालयले; मोटरसाईकल, स्कुटर, टेम्पो, ट्रयाक्टर, मिनीबस, मिनी ट्रक, बस, ट्रक, लहरी, एक्साभेटर, ब्याकुलोडर लगायतका सवारीसाधनको सवारी अनुमती पत्र वितरण गरिरहेको छ । अहिले सम्म अनुमती पत्रको लागी नागरिकको चाप भए पनि वर्षाको समयमा भने केहि कम हुने कार्यालय प्रमुख दाहालले बताउनु भयो । आफ्नै ठाउँबाट सवारीचालक अनुमती पत्र प्राप्त गर्न थालेपछि स्थानिय नागरिकहरु खुशी भएका छन् ।

 

प्रतिक्रिया