बैशाख ३१ । कतार
पुलिसमा जागिर मिलाई दिने ६९ लाख रुपैया ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले
पक्राउ गरेको छ । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नं ४ स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं १०
थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई पक्राउ गरिएको हो ।
प्रहरी प्रधान
कार्यालय काठमाण्डौका अनुसार, लिम्बु
समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार पुलिसमा १ लाख रुपैयाँ
भन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६९
लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरिएको हो । विभिन्न नागारिकलाई बैदेशिक रोजगारीको
प्रलोभनमा पारी ठगी गरेकोले लिम्बुलाई
पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो । बैदेशिक रोजगार विभागको
पत्रानुसार काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं धुम्बराहीबाट
शुक्रबार पक्राउ गरेको हो । लिम्बुलाई थप
अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको
प्रहरीले जनाएको छ ।