मंसिर २३ देखि २९ गतेसम्मको साप्ताहिक राशिफल

झगनखबर

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । धार्मिक यात्राको योग छ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३.६ र शुभ रङ्ग ध्वाँसे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष  : , , , , वा, वि, वु, वे, वो

यो साता शुभ र मङ्गल कार्यको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । साताको मध्यमा अनावश्यक ठाउँमा धन खर्च हुने र शेयर बजारले पनि दिन नसक्ला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ

 मिथुन : का, कि, कु, , , , के, को हा

यो सातामा नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । मनमा हर्ष र उमङ्ग र उत्साह छाउनेछ । प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । व्यापार र व्यवसाय पनि फस्टाउनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग आकाशे नीलो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

 कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साताको सुरुका दिनमा निर्णायक क्षमतामा कमी आउनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शत्रुपक्ष हावी हुन सक्नेछन् । सोमबारबाट आफन्तको साथ र सहयोग मिल्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुन्छ ।

 सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अधुरो र आँटेको कार्य पुरा होला । शेयर बजारमा गरेको लगानीले पनि राम्रै प्रतिफल देला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सिन्दुरे हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरे सफलता मिल्नेछ ।

 कन्या : टो, पा, पि, पु, , , , पे, पो

यो साता भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । रोकिएका घरायसी तथा अन्य काममा उन्नति र प्रगतिको वातावरण बन्नेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ, तर शेयर बजारबाट भने नोक्सानी हुन सक्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।

 तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो हप्तामा नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता यात्रा गर्दा सचेत हुनुपर्नेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने र शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । मङ्गलबारबाट दैनिकी काम सहजै सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मनलाग्ने छ । शुभ कार्यको योजना पनि बन्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

 धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो हप्ता विद्या र बुद्धिको विकास हुनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । नयाँ रोजगारको अवसर मिल्नेछ । सामाजिक क्षेत्र र राजनैतिक कार्यमा सफलता मिल्नेछ । मध्य चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला, शेयर बजारले पनि राम्रो प्रतिफल नदेला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले सफलता हात पर्नेछ ।

 मकर : भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो साता समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनोबल उच्च नै रहनेछ । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । वैदेशिक कार्य र आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

 कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो साता विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

 मीन : दि, दु, , , , दे, दो, चा, चि

यो साता माध्यम नै रहनेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ । मध्य सातामा दैनिक कार्यहरूमा प्रगति हुनेछ । शेयर बजार तथा वित्तिय संस्थाबाट लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा निलो हो । शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

- ज्यो.प. नारायणप्रसाद दुलाल


राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।







प्रतिक्रिया