आगलागीले घर नष्ट, साँढे तीनलाख भन्दा बढीको क्षती


झगनखबर

मंसिर १६ । जिल्लाको मोलुङ गाउँपालिका वडा नं १ स्थित झगरपुरमा घरमा अगलागी हुँदा घर साँढे तीन लाख भन्दा बढीको क्षती भएको छ । शनिबार विहान भोलाकाजी श्रेष्ठको घरमा आगलागी भएको हो ।  ढुंगामाटोले  बनेको जस्ताको छानो भएको घरमा विद्युत सर्ट भएर आगलागी भएको बताएका छन् । आगलागीले घरभित्र भएका लत्ताकपडा, अन्नपात, नगद रु दश हजार सहित जलेर नष्ट भएको थियो ।  आगलागी विहान करिब ४ बजेको समयमा लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आगलागी भएको टेलीफोन मार्फत जानकारी पाउनसाथ रामपुरबाट गएको प्रहरी टोली र स्थानिय बासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया