साउन ५ । पहिरोले बगाएर त्रिशूली नदिमा बेपत्ता
भएका बस र यात्रु अझैसम्म भेटिएका छैनन् । बस र यात्रु खोजीका लागि भारतीय उद्धार
टोली परिचालन गरिएको छ । नेपाली टोलीले शुक्रबारसम्म खोजी गर्दा पनि नभेटिएपछि
भारतीय टोली खोजीमा खटिएको हो ।
यसअघि सरकारले बस र यात्रुको खोजीका
लागि भारतसँग सहयोग मागेको थियो । भारतबाट खटिएको १२ सदस्यीय उद्धार टोली शुक्रबार
राति हिँडेको र शनिबार बिहान घटनास्थल
आइपुगेको चितवन प्रहरीले जनाएको छ ।
सिमलतालमा असार २८ गते पहिरोमा परी
त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ । दुवै बसमा
सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता
भएका छन् । घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव
भेटिएका छन् ।
५ साउन २०८१, शनिवार १०:१९ मा प्रकाशित
316