७० वर्षमाथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्न सांसद खतिवडाको माग


बैशाख ११, काठमाण्डौ । प्रतिनिधी सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले ७० वर्ष भन्दा माथीका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नु भएको छ । सोमबार   कांग्रेस सांसद सँग भएको बजेट छलफलका क्रममा अर्थमन्त्रि डा. प्रकाशशरण महतलाई यस्तो सुझाव दिनुभएको हो । संसद भवन नयाँबानेश्वरमा भएको छलफलमा खतिवडाले  कांग्रेस पटक पटक सरकारमा गए पनि जनस्तरमा सम्झनयोग्य योजना ल्याउन नसकेको बताउनुभएको थियो । 'आगामी बजेटमा ७० वर्ष भन्दा माथीका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार हुने कार्यक्रम ल्याऔँ । कांग्रेस पटक पटक सरकारमा गयौँ, तर जनस्तरमा सम्झनलायक योजना ल्याउन सकेनौँ । जसरी बि.पी.ले सरकारमा हुँदा जनताको बारेमा सोच्नुहुन्थ्यो त्यसबाट हामीले सिक्नुपर्दछ, बजेटमा जनपक्षीय कार्यक्रमहरुलाई प्राथकिक्ताका साथ समेटीनु पर्दछ; उहाँले सुझाव दिदै भन्नुभयो ।

प्रतिक्रिया