२९ मंसिर काठमाण्डौ ।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा ४० वटा दलको जमानत जफत भएको
छ । चुनावमा सहभागी भएका ४७ दल मध्य ४० दलको जमानत जफत भएको हो । समानुपनतिक
निर्वाचन प्रणाली अन्तर्गत खसेको जम्मा सदरमतको ३ प्रतिशत र कम्तिमा एक सिट प्राप्त
नगरेमा त्यस्तो दलको जमानत जफत हुने ब्यवस्था रहेको छ । सो ब्यवस्था अनुसार
बन्दसुचिमा पेश भएका ४७ दल मध्य ४० दलले राखेको जमानत जफत भएको छ । यि मध्य
प्रतिनिधी सभा तर्फ ७ वटा दल मात्र राष्ट्रिय दल भएका छन् । प्रदेश सभा सदस्य
निर्वाचनमा तफशिल अनुसारका प्रदेशमा दलहरुको जमानत जफत भएको छ । प्रदेश नं. १ मा ३०
दल, मधेश प्रदेशमा २६ दल, बागमति प्रदेशमा ३३ दल, गण्डकी प्रदेशमा २४ दल,
लुम्बिनी प्रदेशमा २२ दल, कर्णाली प्रदेशमा २२
दल, र सुदुरपश्चिम प्रदेशमा २८ वटा दलको जमानत जफत भएको छ ।