२०७९ साल मंसिर महिनाको मासिक राशिफल
यो महिनामा तपाईंको लागि नयाँ
योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ र विगतका समस्या बल्झिन सक्छन् ।
सवारीसाधनको प्रयोग गर्दा सावधानी अपनाउनु पर्नेछ । प्रेमी / प्रेमिकाका बिच मतभेद
पनि बढ्ला । मध्य महिनाबाट भने समय उत्साहवर्द्धक रहनेछ । वैदेशिक क्षेत्रका अधुरा
कार्य पूरा हुन सक्छ । नयाँ वस्त्र, अलंकार
तथा धन सम्पत्ति समेत हात पर्ने योग रहन्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ
रङ्ग खैरो वा सेतो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ
गर्दा राम्रो हुनेछ ।
वृष M इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मंसिर
महिनामा नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । स्थानान्तरण र लामो यात्राको
सम्भावना छ । रोकिएको ठाउँबाट आकस्मिक धन लाभ हुनेछ । ठूला व्यक्तिले तपाईंको
मेहनतलाई प्रशंसा गर्नेछन् र भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको अन्त्यमा बोलीको
विपरीत अर्थ लाग्न सक्छ । सेयर बजारमा केही उतारचढाव हुनेछ । यो महिनाको लागि शुभ
अङ्क १,८ र शुभ रङ्ग गुलाबी सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि महा लक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता
प्राप्त हुनेछ ।
मंसिर
महिनामा पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ।
छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । न्यायिक
कार्यमा सफलता मिल्नेछ । मध्य महिनाबाट पारिवारिक स्वास्थ्यमा समस्या आई औषध
उपचारमा खर्च बढ्नेछ, अत: ऋण र रोगको भय हुनेछ । तपाईँका प्रतिद्वन्दी पनि बढ्न सक्छन् ।
यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ
रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य
आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो मंसिर महिनामा नयाँ सवारी
साधन प्राप्तिको योग छ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । दाम्पत्य जीवन
सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । आफ्नो पेशामा बढुवा
तथा सरुवाको योग पनि रहेको छ । महिनाको अन्त्यमा अनावश्यक झन्झट तथा झमेलाको सामना
गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्छ, बोल्दा
विचार पुर्याउनु पर्छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ
रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि यात्रा गर्नाले अधिक
सफलता मिल्नेछ ।
मंसिर
महिनामा मान र सम्मानमा आघात पर्न सक्छ । स्वस्थ प्रतिकूल सक्छ । शैक्षिक
क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् ।
महिनाको उत्तरार्धमा भने रमाइलो यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका
साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजार र वैदेशिक कार्यमा विशेष सफलता
मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ
रङ्ग हल्का पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य
आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ ।
लामो
समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पढाई लेखाइमा उल्लेख्य सुधार आउनेछ ।
शत्रु र रोगबाट छुटकारा मिल्नेछ । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । प्रेम
र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विशेषगरि विदेशिएका
विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । मुद्दामामिलामा पनि विजयी भइनेछ । यो
महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
यो
महिनामा नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व
जमाउन सकिनेछ । मन पर्ने वस्त्र, अलङ्कार
आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । भ्रमण र तीर्थाटनको
योग पनि रहेको छ । मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । प्रशंसकहरूले पनि
आलोचना गर्नसक्छन् । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ
रङ्ग सेतो वा पहेँले हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य
भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो महिना
उत्साहवर्द्धक नै रहनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । आफन्तहरू सँग
भेटघाट हुनेछ । स्थानान्तरण र देश विदेशको भ्रमण हुनेछ । ठूला व्यक्तिले तपाईंको
मेहनतलाई प्रशंसा गर्नेछन् । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त
फाइदा हुने योग छ । तर अनावश्यक धन र परिश्रम पनि खर्च हुने र स्वास्थ्य
बिग्रनसक्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ
रङ्ग खैरो वा हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि गरेको कार्यबाट
अधिक सफलता मिल्नेछ ।
महिनाको
सुरुका दिन त्यति राम्रो देखिँदैन, व्यर्थको
सास्ती खेप्नु पर्ला । सपना पनि नराम्रो देखिन सक्छ । मध्य महिनाबाट भने
सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । साथी भाइको भेटघाटले
मन प्रसन्न रहने र मन मिल्ने साथीको सहयोग पाइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।
नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ
रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि कार्य
आरम्भ गर्नाले सफलता मिल्नेछ ।
यो
महिनामा इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । गरेको कार्यमा सफलता पाइनेछ ।
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने
योग पनि छ । शुभ, मङ्गल र नयाँ कार्यको योग छ । मन पर्ने वस्त्र,
अलंकार आदि उपहार पाइनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ
रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो कुलदेवताको आरधना गरि यात्रा
गर्नाले अधिक सफलता मिल्नेछ ।
यो
महिनामा वाहन लाभ हुने समय आएको छ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यापार तथा
उद्योगतर्फ सामान्य फाइदाको योग छ । चलाखीपूर्ण बोली र कामले कार्यहरू सफल हुनेछन्
। शुभ र मङ्गल कार्यको योग पनि छ । मध्य महिनामा भने प्रतिस्पर्धीहरूको चलखेल
बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । अनावश्यक आरोप लाग्ने र धनमाल हराउने योग
भएकाले सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ
रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ
गर्दा अधिक लाभ हुनेछ ।
मंसिर महिमा ज्ञान सिक्ने मौका मिल्नुका साथै
नयाँ कार्यको योजना बन्नेछ । सामाजिक र राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । श्रम
र इमानदारिताको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी
हुने समय छ । नयाँ आफन्तहरू सँग भेटघाट, रमणीय र
सुखद् यात्राको योग पनि रहेको छ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ
रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो महिना शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल