रहर लाग्दो किबी फल, बजारको अभाव


झगनखबर

भदौ ३ । सिद्धिचण नगरपालिका वडा नं ५ स्थित बिप्लाटेमा मनग्य किबी फल्न थालेको छ । स्थानिय चित्र बहादुर श्रेष्ठले लगाएको किबी फल यसपाली देखी राम्रो फल दिन थालेको हो । श्रेष्ठ कृषी तथा फलफुल पशुपन्छी फर्म मार्फत किबी लगायत ओखर, नासपाती, स्याउको बिरुवा लगाइएको छ । तिन वर्षदेखी शुरु गरिएको फलफुल खेति यो वर्ष देखि फल्न शुरु गरेको हो । २५ लाख लगानी गरेर २० रोपनी जग्गामा खेति गरिएको सन्चालक श्रेष्ठले बताउनु भयो । गत वर्ष देखि सामान्य रुपमा फल्न थालेको भए पनि यो वर्ष देखि मनग्य फल्न थालेको श्रेष्ठको भनाई छ । विभिन्न रोग किराबाट जोगाउन समस्या हुने गरेको उहाँको भनाई छ । गत आर्थीक वर्षमा जिल्ला कृषी ज्ञानकेन्द्रबाट ४ लाख ७९ हजार अनुदान रकम प्राप्त गरेको बताएका छन् । दुख गरेर फलाए पनि उचित मुल्य र बजार नपाउँदा आम्दानी गर्न नसकिने श्रेष्ठको गुनासो छ ।


प्रतिक्रिया