राजकुमार कार्की
बैशाख ९ ।
आदिवासी जनजाति युवा महासंघको २१ बुँदे ओखलढुंगा घोषणापत्र जारी गर्दै छैठौ संघीय
महाधिवेशन ओखलढुंगामा सम्पन्न भएको छ । बैशाख ६ गतेदेखि ८ गतेसम्म जिल्ला समन्वय
समिति ओखलढुंगाको सभाहलमा सन्चालन भएको महाधिवेशनले नयाँ कार्यसमितिको चयन समेत गरेको
हो । किरण श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको
छ ।
अध्यक्ष किरण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष
शुभलाल राई, संघीय उपाध्यक्ष मनराज गुरुङ, महिला उपाध्यक्ष सुप्रिया राई, सु.उ. उपाध्यक्ष देव
बाहिङ,
महासचिव घम्वा तामङ
(मिलन),
उपमहासचिव सुवास तामङ
कोषाध्यक्ष रग्वा शेर्पा, सविचः प्रदेश १ टार्जन राई, पदेश २ जीतेन्द्र कुमार सिं दनुवार, प्रदेश ३ योगेश
मोक्तान,
प्रदेश ४ रेखा लोप्चन
तामङ,
प्रदेश ५ अर्जुन
गुरुङ,
प्रदेश ६ पेमा वाङमो
लामा,
प्रदेश ७ तुल बहादुर
थापा मगर लगायत सदस्यहरु निर्वाचित भएको जानकारी दिएका छन् । नवनिर्वाचित
कार्यसमितिले मंगलबार पत्रकार सम्मेलन मार्फत महाधिवेशन सफलतापूर्वक सौहार्द
ढंगबाट सम्पन्न भएको जानकारी दिएका छन् ।
महाधिवेशनले जारी गरेको ओखलढुंगा घोषणा पत्र यस प्रकार रहेको छ ।