झगनखबर
साउन ५ । करदाता सेवा कार्यालय ओखलढुंगाले ३२
करोड २९ लाख ६६ हजार राजश्व संकलन गरेको छ । आर्थीक वर्ष ०७९÷०८० मा आयकर, घर बहाल कर, ब्याज कर मूल्य
अभिबृद्धी कर, अन्तःशुल्क र शिक्षा सेवा कर वापतको राजश्व असुली गरेको हो । सबै भन्दा
बढी आयकर वापत २० करोड ५६ लाख ३५ हजार र सबै भन्दा कम शिक्षा सेवा कर वापत २ हजार
राजश्व संकलन गरेको छ ।
आयकर वापत २० करोड ५६
लाख ३५ हजार, घर बहाल कर वापत १ करोड १५ लाख ५० हजार, ब्याज कर २४ लाख ३६
हजार,
मूल्यअभिबृद्धी कर
वापत १० करोड ६ लाख ९८ हजार, अन्तःशुल्क वापत २६ लाख ४५ हजार र शिक्षा सेवा कर
वापत २ हजार राजश्व संकलन गरेको छ ।
गत आ.व.मा भन्दा यो
आ.व.मा करिब ३ करोड बढी राजश्व संकलन भएको छ । गत आ.व.०७८÷०७९ मा २९ करोड ४२
लाख १६ हजार राजश्व संकलन भएको थियो । यो आ.व.०७९÷०८० मा ३२ करोड २९
लाख ६६ हजार जम्मा भएको कार्यालयका सुचना अधिकारी सचिन भट्टराईले जानकारी दिनुभयो
।
आन्तरिक राजश्व
कार्यालय लाहान अन्तर्गत सन्चालनमा रहेको यस कार्यालयले ओखलढुंगा र सोलुखुम्बुका
नागरिकहरुलाई सेवा दिईरहेको छ । सोलुखुम्बु जिल्लाको पासाङ्ग ल्हामु गाउँपालिका
भन्दा बाहेक ७ वटा स्थानिय तह र ओखलढुंगाका ८ वटा स्थानिय तहका नागरिकहरुले सेवा
लिईरहेका छन् । पासाङ्ग ल्हामु गाउँपालिकाले भने नाम्चे कार्यालय बाट सेवा
लिईरहेको छ ।
स्थाई पान नं दर्ता, कर चुक्ता, कारोवार थपघट, कारोवार बन्द, अन्तःशुल्क दर्ता, नविकरण, खारेजी, बजार अनुगमन लगायतका
कार्यहरु गरिरहेको निमित्त कार्यालय प्रमुख नेत्र बाँस्तोलाले जानकारी
दिनुभयो । करदाता सेवा कार्यालय
ओखलढुंगामा सन्चालन भएपछि ओखलढुंगा र सोलु जिल्लाका नागरिकहरुलाई सजिलो भएको छ । ओखलढुंगामा
कार्यालय सन्चालन नहुँदा सामान्य कामको लागि पनि
लाहान जानु पर्ने बाध्यता रहेको थियो । आफ्नै ठाउँमा कर बुझाउन पाउदा धेरै
सजिलो भएको स्थानियबासीले बताएका छन् । लाहान पुग्नु पर्दा पैसा पनि धेरै खर्च
हुने गरेको र समयमा काम पनि नहुने समस्या थियो, तर अहिले आफ्नै
ठाउँमा सजिलै सँग कर तिर्न पाएकाले धेरै सजिलो भएको स्थानिय करदाताहरुको भनाई छ ।