ओखलढुंगा ४, फागुन । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा नं. १ मा गोठ र कटेजमा आगोले जलेर नष्ट भएको छ । खिजीदेम्बा गाउँपालिका वडा नं. १ स्थित चप्लेटीमा जगत बहादुर भुजेलको गोठमा लागेको आगो नियन्त्रण हुननसक्दा नजिकै रहेको कटेज जलेर नष्ट भएको हो । गोठ र कटेज जलेर नष्ट हुदाँ असी हजार बराबरको क्षति भएको तर मानविय कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले बताएका छन् । बिहिबार साँझ ७:१५ बजे आगो लागी भएको थियो । नेपाल प्रहरी र स्थानियको सक्रियतामा आगो नियन्त्रणमा लिएका थिए । आगोलागी बाट गोठमा भएको लैनो भेसिको पछाडीको भाग जलेको छ भने अन्य पशुहर सकुशल रहेको बताएका छन् । आगो के कारणले लागेको हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ ।
आगोले जलेको लैनो भैँसी :
फोटो सौजन्य : प्रहरी निरिक्षक देवेन्द्र दास