साउन ६ देखि साउन १२ सम्म को साप्ताहिक राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साता शिक्षामा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । परिवारमा सुख सन्तोष पनि छाउला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा उत्साह र उमङ्ग छाउनेछ । पुनर्मिलनको योग रहेको छ । लाभदायक यात्रा पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्दा बढी राम्रो हुनेछ ।

वृष  : , , , , वा, वि, वु, वे, वो

यो साता सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । कार्य सम्पादनमा पनि समस्या आउला । सोमबारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग पनि देखिन्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभ कार्यमा सहभागी भइएला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

 मिथुन : का, कि, कु, , , , के, को हा

यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पुनर्मिलनको विशेष योग रहेको छ । प्रेम प्रस्तावपनि आउन सक्छ । मध्य सातबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

 कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता मित्रबाट विशेष सहयोग मिल्नेछ । लामो समयदेखि रोकिएको धन हात पर्नसक्छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

 सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो हप्ता नयाँ कार्यको अवसर मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर काम क्रोध पनि बढ्नसक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग बैजनी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

   कन्या : टो, पा, पि, पु, , , , पे, पो

साताको सुरुका दिनमा महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेमी बीचमा पनि असमझदारी बढ्न सक्छ । सोमबारबाट भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । वैदेशिक कामहरू सहजै अघि बढ्नेछन् । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरे अधिक सफलता मिल्नेछ ।

 तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता कुनै कुराले मनमा शान्ति छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता शुभकार्यको चर्चा चल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । विद्यामा पनि सफलता पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग नीलो वा रातो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

 धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता नयाँ काममा हात हाल्ने समय छ । सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । शेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुनसक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सुन्तला वा निलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

   मकर : भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो साता व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । अल्छि गर्नाले समस्याहरू पनि बढ्ला । साताको अन्त्यमा दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्ध बढेर जानेछ । शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

 कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो साता सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । घरमा अतिथिको आगमन हुनेछ । परीक्षा आदिमा सफलता मिल्नेछ । प्रेम जीवन सबल र सफल नै रहनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

 मीन : दि, दु, , , , दे, दो, चा, चि

यो हप्ता नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा सफलता पनि प्राप्त हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । साताको अन्त्यमा स्वास्थ्यको ख्याल गर्नु पर्नेछ र अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।


राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।

प्रतिक्रिया