साउन ९ । सौर्य एअरलायन्सको जहाज
दुर्घटनामा परेको छ । सौर्यको ९
एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको हो
। क्याप्टेन मनिष शाक्यको उद्धार गरि सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
चालक दलका सदस्यसहित १९ जना यात्रु
रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको
विमानस्थल कार्यालयले जनाएको छ । विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन
गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । दुर्घटनाका
बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुग्नुभएको छ ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ
। अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।