प्रदेश नं. १ मा मुख्यमन्त्री हिक्मत कुमार कार्की नियुक्त


२४ पुस, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धन दलको मुख्य घटक एमाले र माओवादीबीच आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जनाएका छन् । यो सहमति पालना भएमा आगामी साढे दुई वर्षपछि प्रदेश १ मा  मुख्यमन्त्री नेकपा माओबादी बाट आङ्बोलाई बनाउने निश्चित छ । झापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन, ९३ सदस्य मध्य  नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।

प्रतिक्रिया