ओखलढुंगा १८, चैत । ओखलढुंगाको सदरमुकाममा सांकेतिक भाषा तालीम सन्चालन भईरहेको छ ।
समाबेशी विकासका लागि बिकलाङ्ग मन्च नेपाल ( फोडीड नेपाल) को अयोजनामा तिन
महिने सांकेतिक भाषा तालीम चैत १० गते देखि सन्चालन भईरहेको हो । विभिन्न अपाङ्गता
भएका १६
वर्ष देखि ४० वर्ष ननाघेका १२ जना भन्दा बढी
ब्यक्तिहरु तालीममा सहभागी भएका छन् । सांकेतिक भाषा सिक्न चाहाने जिल्ला भरी रहेका अपाङ्गता भएका ब्यक्तिहरुलाई
सहभागी गराइएको फोडीड नेपालका अध्यक्ष गोपालमान थापाले जानकारी दिनुभयो । कान
नसुन्ने र बोल्न नसक्नेहरुका लागि सांकेतिक भाषाको तालीम महत्वपुर्ण हुने बताएका
छन् । कान सुन्न नसक्ने र बोल्न नसक्नेहरुका लागि दोभाषेको रुपमा प्रयोग गर्न
सकिने भएकाले अन्य अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सांकेतिक भाषा तालिममा सहभागी
गराईएको अध्यक्ष थापाले बताउनु भयो । सांकेतिक भाषा तालिममले जिल्लाका
कुनाकन्दरामा भएका अपाङ्गता भएकाहरुको थप विकास गर्न सहयोग पुग्ने जानकारहरुले
बताएका छन् । नेपाल पत्रकार महासंघ ओखलढुंगाको हलमा सन्चालन भएको तालीमको सहजीकरण
अनुजा पोखरेल ( बहिरा) ले गरिरहनु भएको छ । तालिममा सहभागीहरुलाई खाने बस्ने
समेतको ब्यवस्था भएको आयोजकले जनाएका छन् ।
महिला वालवालिका तथा ज्येष्ठ नागरिक
मन्त्रालय, सिद्धिचरण नगरपालिका, चिसंखुगढी गाउँपालिका, सामुदायिक अस्पतालको
सि.बि.आर.कार्यक्रममको आर्थीक सहयोगमा र नेपाल पत्रकार महासंघ ओखलढुंगा र ओखलढुंगा
बहिरा संघको समन्वयमा तालिम सन्चालन
गरिएको हो ।