जेठ २ । विभिन्न ठाउँमा अवैध चन्दा असुली गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न विद्यालय, कलेज, कम्पनी, व्यापारी, उद्योग, कलकारखाना, वैक्वेट लगायतबाट चन्दा असुली गर्नेलाई पक्राउन गरेको हो ।
बैतडी जिल्ला
बैतडी नगरपालिका वडा नं ३ स्थाई घर
भई हाल ललितपुर चाँगाथली बस्ने ४२ वर्षीय अमृत कार्की र सल्यान जिल्ला वागचौर नगरपालिका वडा नं ६ घर भई हाल काठमाडौं
जोरपाटी बस्ने ३२ वर्षीय डि.वि. चन्द भन्ने धन बहादुर चन्द पक्राउ परेका छन् ।
उनीहरूले अवैध रुपमा
चन्दा माग गरी असुल उपर गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर
काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । उक्त कार्यमा संलग्न आफूलाई
अखिल नेपाल टेर्ड युनियन मजदुर संघको केन्द्रीय सदस्य बताउने अमृत र अखिल
क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउने, धन बहादुरलाई पक्राउ गरेको हो ।
अभियुक्तहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी प्रधान कार्यालय काठमाण्डौले
जनाएको छ ।