झगनखबर
चैत्र १५ । माध्यमिक शिक्षा परीक्षा
(एसईई) परीक्षा आजदेखि सुरु हुँदै छ । चैत १५ गतेदेखि २७ गतेसम्म एसईई परीक्षा सञ्चालन हुनेछ । बिहान ८ बजेदेखि
सुरु हुने परीक्षामा पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदै छन् ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२
छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५
जना परीक्षार्थी रहेका छन् ।
कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका
१५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको राष्ट्रिय परीक्षा बोर्डले
जानकारी दिएको छ । त्यसैगरी, परीक्षामा
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा
केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एकर एक केन्द्र तथा
सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन् ।