झगनखबर
भदौ ११ । मिनी पार्लीयामेन्टको रुपमा लिइने
संसदीय समिति अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ओखलढुंगाका
रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार भएको संसदीय समितिको
निर्वाचनमा खतिवडा राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित
हुनुभएको हो । संविधानको धारा ९७ उपधारा १
मा प्रतिनिधी सभा र राष्ट्रिय सभाले संघिय कानुन बमोजिम समितिको गठन गर्न सक्ने
ब्यवस्था गरेको छ । संविधानले गरेको व्यवस्थाअनुसार मातहतका १० वटै विषयगत समिति
सभापतिको निर्वाचन गरिएको हो ।
राज्य व्यवस्था तथा
सुशासन समितिको सभापतिमा निर्वाचित खतिवडा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा
ओखलढुंगाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य हुन् । २०७० सालमा भएको संविधानसभा
सदस्यमा ओखलढुंगा क्षेत्र नं.२ बाट निर्वाचित भएका खतिवडा २०७४ सालमा भने पराजीत
हुनुभएको थियो । देश संघियतामा गएपछि प्रतिनिधी सभाको एउटा मात्र निर्वाचन क्षेत्र
रहेको ओखलढुंगा जिल्लाबाट २०७९ मा निर्वाचित हुनुभएको थियो । जनचासो र
जनावश्यक्ताको विषयमा संसदमा प्रष्ट कुरा
उठाईरहने खतिवडा प्रष्ट वक्ताको रुपमा चिनिनुहुन्छ ।
प्रतिनिधी सभाको
नियमित काम कारवाहीमा सहयोग पु¥याउन, सरकारलाई प्रतिनिधी सभाप्रति उत्तरदायी र
जवाफदेही बनाउने, सरकारबाट भए गरेका कामकारवाहीको नियमित अनुगमन र मूल्याँकन गरी आवश्यक
सल्लाह सुझाव र निर्देशन गर्नको लागी प्रतिनिधीसभा नियमावली बमोजिम समितिको गठन
गरिएको हुन्छ । राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो अधिकार क्षेत्रभित्रका
विषयमा कानुन निर्माण गर्नुका साथै सरकारलाई सुशासन, शान्तिसुरक्षा, कानुनी शासनको
स्थापना लगायत विभिन्न गतिविधीहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन
दिने काम गर्दछ ।
प्रतिनिधीसभाको
बिहिबार बसेको बैठकले मातहत रहेका १० वटै विषयगत समितिको सभापतिको निर्वाचन ११ गते सोमबार दिउँसो ३ बजेका लागी तोकीएको
थियो । भदौ १० गते भएको मनोनयन दर्ता कार्यक्रमा उक्त समितिको सभापतिमा खतिवडाका
मात्र मनोनयन परेको थियो । दलिय सहमती अनुसार नेपाली कांग्रेसको भागमा परेको ४ वटा
संसदीय समिति मध्य राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडाको
नाम सिफारिस गरिएको थियो ।