एमाले नेतृत्वको प्रदेश १ को सरकार अल्पमतमा


ओखलढुंगा १३, फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सरकारबाट बाहिरिने भएपछि एमालेको नेतृत्वमा भएको प्रदेश नं. १ को सरकार अल्पमतमा परेको छ । राष्ट्रपतिको निर्वाचनमा नेकपा माओबादीले सत्तागठबन्धन दल नेकपा एमालेलाई समर्थन नगरि नेपाली कांग्रेसलाई समर्थन गरेको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । ६ जना प्रदेससभा सदस्य भएको राप्रपा  एउटा मन्त्रालयसहित प्रदेश नं.१ को  सरकारमा छ । प्रदेशमा एमालेसँग ४०, माओवादीको सभामुखसहित १३, राप्रपाको ६ र जसपाको १ जनासहित एमाले नेतृत्वमा सरकार बनेको थियो । ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ। विपक्षमा २९ सिट भएको का‌++ग्रेस र ४ सिट भएको एकीकृत समाजवादी थिए।  राष्ट्रपति चुनावले चुनावी गठबन्धन ब्युँताएपछि प्रदेशको समीकरण फेरिने भएको छ। राप्रपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मत कार्की संकटमा परेका छन्।

प्रतिक्रिया