गल्ती ढाकछोपमा इलाका प्रशासन कार्यालय खिजीफलाटेका पूर्व र वर्तमान प्रमुख


झगनखबर

भदौ २ । इलाका प्रशासन कार्यालय खिजीफलाटेका पूर्व र वर्तमान प्रमुखले आफ्नो गल्ती ढाकाछोप गर्दै बिज्ञप्ती प्रकाशन गरेका छन् । इलाका प्रशासन कार्यालय खिजीफलाटेको कार्यालय बेलुका खोलीएको विषयमा लेखिएको फेसबुक स्टयाटसलाई इंगित गदै उनीहरुले आफ्नो बचाउमा विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

इलाका प्रशासनका वर्तमान प्रमुख पेशल बहादुर बिश्वकर्मा  र खिजीदेम्बा गाउँपालिकाका कार्यकारी अधिकृत समेत रहेका इलाका प्रशासनका तत्कालीन प्रमुख डम्बर बहादुर रजन मगरले विज्ञप्तिसँगै फेसबुक स्टाटसविरुद्ध खिजीफलाटे प्रहरीमा उजुरीसमेत दिएका छन् ।

पत्रकार जीवन शर्माले फेसबुक स्टाटसमा लेखेको विषयमा उनीहरुले विज्ञप्ति ल्याएका हुन् । शर्माले इलाका प्रशासन कार्यालयले बेलुका कार्यालय खोलेर शंकास्पद गतिविधि गरेको भन्दै फेसबुक स्टाटस लेखेका थिए । शर्माले लेखेको फेसबुक स्टाटसबाट आँत्तिएका विश्वकर्मा र मगर अहिले आफ्नो गल्ती ढाकछोप गर्न लागेका छन् । उनीहरुले विज्ञप्तीमा कार्यालय समय बाहेकको समयमा कर्मचारीहरु मैत्रीपूर्ण भेटघाट गर्ने, खेल्ने, खाने र भलाकुसारी गर्ने व्यक्तिगत स्वतन्त्रता हुने दावी गरेका छन् । सोही विज्ञप्तिमा उनीहरुले आफूहरुबीच सो समयमा भेट भएको समेत स्वीकार गरेका छन् । यसै सन्दर्भमा अदालतले प्रामाणीत प्रतिलिपी माग गर्नु र ओखलढुंगामा रहेका कार्यकारी अधिकृत रजन मगर अदालतको आदेशपछि एकाएक खिजीफलाटे पुगेर इलाका प्रशासन कार्यालयमा कार्यालय समयभन्दा बाहिरको समयमा जानु र इलाका प्रशासन कार्यालयमा अबेरसम्म बस्नुले स्थानिय लगायत अन्य नागरिकहरुले शंका व्यक्त गरेका छन् ।

खास कुरा यस्तो थियो

खिजीेदेम्बा गाउँपालिकाका प्रमुख गम्बु शेर्पा बिरद्ध उच्च अदालत विराटनगर, अस्थाई इजलास ओखलढुंगामा रिट परेको छ । उनीविरुद्ध अमेरिकाको ग्रीनकार्ड नत्यागी पुरानै नेपाली नागरिकताको प्रतिलिपिको आधारमा चुनावमा सहभागी भई निर्वाचित भएको भन्दै भुपेन्द्र बहादुर बस्नेतले उत्प्रेषण मिश्रित परमादेश तथा निषेधाज्ञाको रिट दर्ता गराएका थिए । उक्त रिट विचाराधिन अवस्थामा रहेको छ ।

यही साउन ३१ गते अदालतले गम्बु शेर्पाले नागरिकता पुनः कायम गरिपाउँ भनी इलाका प्रशासन कार्यालय खिजीफलाटेमा मिति २०७९ वैशाख ५ गते मा दिएको निवेदन र कुनै निर्णय भएको भए, सो निर्णय लगायत सो सम्बन्धित सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि इलाका प्रशासन कार्यालय खिजीफलाटे ओखलढुंगाबाट झिकाउन आदेश दिएको थियो । सो आदेश आउनासाथ ३२ गते बेलुका इलाका प्रशासन कार्यालयमा पूर्व  र वर्तमान प्रमुख लामो समय रहनुले शंका उब्जिएको स्रोत बताउँछ । २०७९ साल बैशाख ५ गतेको मितिमा गम्बु शेर्पाले डम्बरबहादुर रजन मगर प्रशासन प्रमुख हुँदा नागरिकता प्रतिलिपि लिएका थिए ।

प्रतिक्रिया