हेलीकप्टर दुर्घटना अपडेट : ५ जनाको शव भेटियो

झगनखबर

असार २६ । मनाङ एअरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ६ जना  मध्ये पाँच जनाको शव फेला परेको छ। मनाङ एअरको नाइनएन एएमभी कलसाइनको हेलिकोप्टर मंगलबार  सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५, भकान्जेस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनामा परेको थियो।

सोलुखुम्बुकी सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले पाँच जनाको शव भेटिए पनि सनाखत भने हुन नसकेको बताउनुभयो । बेपत्ता भएको एकजनाको खोजी कार्य भईरहेको बताएका छन् । 

सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९ एनए.एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

चौरी गोठालाहरूले चिहानडाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटीएको लिखुपिके  गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले  बताउनुभयो । भेडागोठालाहरूले भने अनुसार उक्त विमान चिहानडाँडामा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया