कातिक २ ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय
स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरिएको छ। जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर
प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले उहालाई पक्राउ गरेर
पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो ।
त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उहालाई
पक्राउ गरेको हो । लामिछानेलाई शुक्रबारै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।
२ कार्तिक २०८१, शुक्रबार ०७:१४ मा प्रकाशित
337